शहरी स्वास्थ्य केन्द्रमा दश वर्ष कार्यरत अहेवको शैक्षिक प्रमाणपत्र नै ‘नक्कली’

काठमाडौँ ३१ भदौ । शहरी स्वास्थ्य केन्द्रमा दश वर्ष जागिर खाएका अहेवले पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

पोखरा महानगरपालिका वडा नं ३२ स्थित शहरी स्वास्थ्य केन्द्र मालेपाटनमा अहेव चौथो तहमा २०६८ साल देखि कार्यरत शोभा उप्रेतीको एसएलसी तहको शैक्षिक योग्यता नक्कली भएको अख्तियारको दावी छ । उप्रेतीले सोही प्रमाणपत्र पेश गरी २०६८ साल देखि २०७८ सालसम्म अहेव पदमा नियुक्ती लिई ओहोदा, लाभ र सुविधा लिएको आरोप अख्तियारको छ ।

अख्तियारले आज विशेष अदालतमा दायर गरेको रिटमा उप्रेती माथि भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ तथा दफा २९ को उपदफा २ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिमको कसुर उल्लेख गरिएको छ ।

यस्तै साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ तथा दफा २९ को उपदफा २  र  प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम सजाय हुन माग दावी लिई आज विशेष अदालतमा काठमाडौँमा आरोपपत्र दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *