कर्णालीका मुख्यमन्त्री सवार हेलिकप्टर आकस्मिक अवतरण

काठमाडौँ, १६ भदौ । डोल्पाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल सवार हेलिकप्टर रुकुम पश्चिमको आठबसिकोट नगरपालिकाको राडीमा आकस्मिक अवरण गरेको छ ।

डोल्पाको त्रिपुरा सुन्दरी दर्शन तथा एक मेलाको अवलोकन गरेर फर्किने क्रममा मौसम खराबीका कारण मुख्यमन्त्री कँडेल सवार हेलिकोप्टर सिम्रिक एयरको नाइन एन–एकेडी कल साइन भएको हेलिकोप्टर राडी स्थित एक खेल मैदानमा अवतरण गरेको जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज भट्टराईले बताए ।

हेलिकोप्टरमा मुख्यमन्त्रीसहित उनकी श्रीमती, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका प्रमुख, सुरक्षा गार्ड र चालकसहित पाँच जना रहेका बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “कर्णालीका मुख्यमन्त्री सवार हेलिकप्टर आकस्मिक अवतरण

  1. श्रीमतीलाइ तिर्थ गर्न र मेला हेर्न लगेका मुख्यमन्त्री चढेको हेलीको पैसा जनताले तिरी दिने त होला नि होइन त मुख्य मन्त्रीज्यु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *