कोशी अस्पतालमा क्यान्सर उपचार सेवा बिस्तार गर्न भक्तपुर क्यान्सर अस्पतालसंग सम्झौँता

शैलजा आचार्य हृदय केन्द्रको सुविधा बिस्तारमा सघाउने स्वास्थ्य मन्त्री पौडेलको प्रतिबद्धता

बिराटनगर, १४ भदौ । भक्तपुर क्यान्सर अस्पतालले विराटनगरस्थित कोशी अस्पतालमा क्यान्सर उपचार सेवा बिस्तार गर्ने भएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, स्वास्थ्य सचिव डा रोशन पोखरेल लगायतको उपस्थितिमा क्यान्सर उपचार सेवा उपलव्ध गराउनेबारे भक्तपुर क्यान्सर अस्पताल र कोशी अस्पतालबीच सम्झौता भएको छ ।

भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा। उज्वल चालिसे र कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। रविनराज सिंहबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

स्वास्थ्य मन्त्री पौडेलले गत २७ साउनमा सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा सबै प्रदेशबाट क्यान्सरको उपचार सेवा उपलब्ध गराउने उल्लेख थियो । सोही अनुसार भक्तपुर क्यान्सर अस्पताल र कोशी अस्पतालबीच क्यान्सर उपचारका लागि बिरामीको पहिचान र निदान सम्बन्धमा सेवामा साझेदारी हुनेछ ।

कोशीमा क्यान्सर उपचारका लागि चापका आधारमा सेवामा सघाइने भक्तपुर क्यान्सर अस्पतालले बताएको छ ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले लामो समयपछि सबै प्रदेशमा क्यान्सरको परीक्षण र निदान सुरु हुने अवस्था आएको बताए । उनले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन सकिए नागरिकको ठूलो धनराशी जोगिने र राज्यको छरिएको रकमसमेत एकत्रित हुँदा उपचार सहज हुने बताए ।

मन्त्री पौडेलले कोशी प्रदेश सरकारको सक्रियतामा विराटनगरस्थित शैलजा आचार्य हृदयरोग केन्द्रको निरीक्षणसमेत गरेका छन् । त्यसक्रममा उनले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रसँग समन्वय गरेर केन्द्रको उपचार प्रभावकारी बनाउन सघाउने बताए । जनशक्ति र प्याथ ल्याब सञ्चालनमा समेत सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *