स्कुले बालबालिकाको दन्त परीक्षणमा तिब्रता दिदै कान्तिपुर डेन्टल सेन्टर भरतपुर

चितवन, ११ भदौ । कान्तिपुर डेन्टल सेन्टर (केडीसी) भरतपुर सञ्चालनमा आएको दुई साता पुगेको छैन तर निशुल्क दन्त स्वास्थ्य शिविर तथा सचेतनाका कार्यक्रमलाई तिब्रता दिएको छ ।

अघिल्लो साता पूर्वी नवलपरासीको गैंडाकोटस्थित मुकुन्दसेन अंग्रेजी माविमा निशुल्क मुख तथा दन्त स्वास्थ्य परीक्षण तथा सचेतना शिविर सञ्चालन गरेको सेन्टरले यो साता भरतपुर महानगरपालिका – १० हाकिमचोकस्थित अर्किड स्कुलमा पुगेर बालबालिकाहरुको निशुल्क दन्त परीक्षण तथा दन्त स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

गत आइतबार सञ्चालित उक्त शिविरमा कक्षा ३ देखि ६ सम्मका २४७ छात्र र १७३ छात्रा गरी कुल ४२० जनाको निशुल्क दन्त परीक्षण गरेको कान्तिपुर डेन्टल सेन्टर भरतपुरकी इन्चार्ज डा. अस्मिता कार्कीले जानकारी दिईन् ।

डा. कार्कीले परीक्षण गरिएका मध्ये २६० जनाको दाँतमा किराले खाने समस्या भेटिएको, १३२ जना भन्दा बढीको दाँत हल्लिएको, ३० जनाको गिजाँ सुन्निने समस्या रहेको बताईन ।

उनले परीक्षण पछि १५० बढी बालबालिकाहरुलाई दाँतको जरा देखि नै गरिने उपचार विधि आरसीटी गर्न सिफारिस गरिएको समेत जानकारी दिईन् ।

‘हाम्रो सेन्टरले विद्यालय तहका बालबालिकाहरुको मुख तथा दन्त स्वास्थ्य परीक्षण र मुख तथा दन्त स्वास्थ्य सम्वन्धी सचेतनाका कार्यक्रमहरु संगै अघि बढाएको छ । हामीले गैडाकोट र भरतपुरको दुबै स्कुलमा विद्यार्थीहरुको दन्त परीक्षणसंगै सचेतनाका कार्यक्रम सञ्चालन गरेका छौँ । यसले बालबालिकालाई आफ्नो मुख तथा दन्त स्वास्थ्यको अवस्था थाहा हुने भयो भने स्वस्थ राख्नका लागि गर्नु पर्ने के रहेछ भनेर पनि जानकारी हुने भयो,’ डा. कार्कीले भनिन् । उनले कान्तिपुर डेन्टल सेन्टर भरतपुरले अरु थुप्रै विद्यालयमा जाने र बालबालिकाको मुख तथा दन्त स्वास्थ्य परीक्षण गर्ने योजना रहेको सुनाईन ।

अर्किड स्कुलमा शिविर लिएर डा. कार्कीसंगै डा.प्रेरणा श्रेष्ठ, डा. रितु भण्डारी, डा. तेजस्विनी भट्टराई , डेन्टल हाइजिनिष्टहरु राहुल चौधरी, जस्मिन अर्याल लगायतको टोली गएको थियो ।

कान्तिपुर डेन्टल सेन्टर भरतपुर शाखा कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर काठमाडौँले चितवनमा सञ्चालनमा ल्याएको दोस्रो शाखा हो । यसअघि २०६० साल नै पुल्चोक नारायणगढमा पहिलो शाखा सञ्चालनमा ल्याएको थियो । कान्तिपुर डेन्टल सेन्टर भरतपुर शाखा गत १ भदौ देखि सञ्चालनमा आएको हो । यो भरतपुर विमानस्थल नजिकै रहेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *