हैजा संक्रमितको संख्या ५५ पुग्यो, सबैभन्दा बढी ललितपुरमा

काठमाडौँ, २ भदौ । नेपालमा साउन लागे यता हैजा संक्रमितको संख्या ५५  पुगेको छ । विभिन्न जिल्लामा थप ५ जना संक्रमित थपिएसँगै देशभर हैजा संक्रमित संख्या ५५ पुगेको हो ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ललितपुरमा मात्र ४१ जना हैजा संक्रमित छन् ।

यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा ४ जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

महाशाखाले प्रदेश र स्थानीय तहसंग सहकार्य र समन्वयमा हैजा प्रभावित क्षेत्रमा दु्रुत प्रतिकार्यटोली परिचालन गरि नियमित केश अनुसन्धान, बिरामीको खोजी र बिरामीको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुको लक्षणको निगरानी गर्ने गराउने कार्य भइरहेको जनाएको छ ।

त्यस्तै एकै टोलमा एक साता भित्र ५ जना भन्दा बढी झाडा पखलाका बिरामीहरु देखा परेमा इडिसिडीको टोल फ्रि नं १११५ मा जानकारी गराउने व्यवस्था रहेको छ ।

महाशाखाले झाडापखाला र हैजाका बिरामीहरुको सरकारी र निजी गरी १४४ वटा अस्पतालबाट नियमित रुपमा निगरानी भइरहेको समेत उल्लेख गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *