सरकारी कार्यालयको नाम र पद प्रयोग नगर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन

बुटवल, २८ साउन । सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको नाम तथा पद उल्लेख गर्दै निजी स्वास्थ्य संस्थाले विज्ञापन गर्न थालेपछि लुम्बिनी प्रदेश सरकारले आपत्ति जनाएको छ ।

प्रदेशको स्वास्थ्य मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै त्यसो नगर्न र गरेको भए पनि तत्काल हटाउने व्यवस्था मिलाउन सम्वन्धित अस्पताललाई निर्देशन दिएको छ ।

प्रदेश स्वास्थ्य सचिव डा बासुदेव उपाध्यायले स्वास्थ्य मन्त्रालय अन्तर्गतका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्महरुको नाम, संस्था र पद समेत उल्लेख गरी निजी स्वास्थ्य संस्थाले ओपिडी टिकट, साइनवोर्ड, आम सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल मार्फत प्रचार गर्ने गरेको सुनिएपछि यस्तो निर्णय गरिएको बताए ।

उनले लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकहरुको नाम विभिन्न निजी अस्पतालका ओपिडी टिकट, बोर्ड, तथा तिनका सामाजिक सञ्जालमा समेत आउने गरेको गुनासो भएपछि आजै पत्र पठाइएको समेत जानकारी दिए ।

लुम्बिनीमा नयाँ स्वास्थ्य मन्त्री र नयाँ स्वास्थ्य सचिव आएसंगै स्वास्थ्य क्षेत्र सुधारका लागि प्रयासको थालनी गर्न खोजिएको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “सरकारी कार्यालयको नाम र पद प्रयोग नगर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *