पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन

काठमाडौँ, १३ बैशाख । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ। ७७ वर्षको उमेरमा गएराति ११ बजे उनको निधन भएको नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाले जानकारी दिए।

विसं २००४ सालमा जन्मिएका डंगोल लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए ।

०५६ मा पहिलोपटक सांसद भएका डंगोललाई कांग्रेसले समानुपातिकबाट सभासद् बनाएको थियो ।

उनको पार्थिव शरीरलाई अहिले उनको निवासमा राखिएको छ ।

उनी लामो समयदेखि बिरामी थिए। स्वास्थ्य अवस्थाका कारण पछिल्लो समयमा उनी पार्टी गतिविधिमा थिएनन्।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *