नव नियुक्त शिक्षा मन्त्री रघुजी पन्तले आजै अपरान्ह ४ बजे सपथ लिने

काठमाडौँ, ११ बैशाख । नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । आज अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा उनलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।

यसअघि विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पद खाली थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले एमालेबाट समानुपातिक सांसद बनेका पन्तलाई शिक्षामन्त्री पदमा नियुक्त गरेका हुन् ।

पद तथा गोपनीयताको शपथ ग्रहण पछि पन्तले आजै कार्यभार सम्हाल्ने छन् ।

नव नियुक्त मन्त्री पन्तलाई शिक्षक आन्दोलन सम्वोधन गर्ने देखि पीजी रेजिडेन्ट र निजी मेडिकल कलेज सञ्चालकहरुका मागहरु तत्काल सम्वोधन गर्नुपर्ने बाध्यता छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *