मधेश प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी डा. श्रवणकुमार मिश्रलाई
काठमाडौँ, १० बैशाख । मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा पदमा डा श्रवणकुमार मिश्र नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ११औं तहका मिश्रलाई मधेश प्रदेशको स्वास्थ्य सचिवमा कामकाजका लागि खटाउने निर्णय गरेको हो।
मिश्र प्रमुख मेडिकल ल्याब टेक्नोलोजिष्ट हुन्। उनी कोशी अस्पतालमा कार्यरत थिए।
यसअघि मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निमित्तको रुपमा राजेशकुमार मिश्रले जिम्मेवारी सम्हाल्दै आएका थिए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]