गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा

सर्लाही, १० बैशाख । सर्लाहीको लालबन्दी नगरपालिका–१४ निवासी जमुनी बललाई यही वैशाख ४ गते झिसमिसेमा प्रसूति व्यथा लाग्यो। उनका परिवारले जनप्रतिनिधिमार्फत नगर अस्पताल लालबन्दीमा सम्पर्क गरे।

अस्पतालबाट तत्काल उनको निवासमा एम्बुलेन्स पुग्यो। अपराह्न उनले स्वस्थ शिशुलाई जन्म दिइन्। अर्को दिन उनलाई एम्बुलेन्समा स्वास्थ्यकर्मीका साथ निवास पुर्‍याइयो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।चन्दन चौधरीका अनुसार लालबन्दी नगर अस्पतालले गर्भवती र नवप्रसूतालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ ।

हालसम्म यो सेवा १३ जनाले लिएका छन् । मातृ तथा नवजात शिशु मृत्युदर घटाउने उद्देश्यले अस्पतालँगको समन्वयमा नगरपालिकाले यो सेवा सुरु गरेको हो।

सर्लाहीको लालबन्दी नगरपालिका–१४ निवासी जमुनी बललाई यही वैशाख ४ गते झिसमिसेमा प्रसूति व्यथा लाग्यो। उनका परिवारले जनप्रतिनिधिमार्फत नगर अस्पताल लालबन्दीमा सम्पर्क गरे।

अस्पतालबाट तत्काल उनको निवासमा एम्बुलेन्स पुग्यो। अपराह्न उनले स्वस्थ शिशुलाई जन्म दिइन्। अर्को दिन उनलाई एम्बुलेन्समा स्वास्थ्यकर्मीका साथ निवास पुर्‍याइयो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।चन्दन चौधरीका अनुसार लालबन्दी नगर अस्पतालले गर्भवती र नवप्रसूतालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । हालसम्म यो सेवा १३ जनाले लिएका छन् ।

मातृ तथा नवजात शिशु मृत्युदर घटाउने उद्देश्यले अस्पतालँगको समन्वयमा नगरपालिकाले यो सेवा सुरु गरेको हो।

नगरपालिकाले लालबन्दी नगरपालिकाभित्र जुनसुकै स्थानका गर्भवती महिलाले सुत्केरी हुन अस्पताल जाँदा र अस्पतालबाट घर फर्कँदा निःशुल्क एम्बुलेन्स सेवा लिन सक्ने जनाएको छ। नगरपालिकाले रु २० लाख १० हजारमा एम्बुलेन्स खरिद गरेर सेवा सुरु गरेको हो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *