काठमाडौँ महानगरको फिजियोथेरापी शिविरबाट ३१० जनाले लिए सेवा
काठमाडौँ, २ बैशाख । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको तीन दिने हाड जोर्नी, नशा तथा फिजियोथेरापी स्वास्थ्य शिविरबाट ३१० जना बिरामीले सेवा लिएका छन् ।
महानगरको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र वडा नम्बर २२ ले आयोजना गरेको उक्त शिविरबाट ७१ जना हड्डी खिइएका बिरामी, २५ जना नशा च्यापिएका, ढाड, कम्मर र गर्धनमा समस्या भएका, ५१ जना बुढ्यौलीका कारण हड्डी कमजोर भएका, हड्डी मक्किएका र २८ जना पैताला दुख्ने, पोल्ने भएका बिरामीले सेवा लिए ।
यसै गरी ३१ जना बाथ रोग र युरिक एसिड भएका, ९५ जना हाड जोर्नी दुख्ने समस्या भएका बिरामीले शिविरबाट सेवा लिए ।
हड्डी खिइएर तथा नशा च्यापिएका नौ जना बिरामीलाई भने अपरेसनका लागि रिफर गरिएको महानगरले जानकारी दिएको छ । यसमध्ये २८० जनालाई फिजियोथेरापी सेवा प्रदान गरिएको थियो ।
सम्पर्क इमेल : [email protected]