नेपाल नेशनल अस्पताललाई महानगरले तिरायो १ लाख जरिवाना
काठमाडौँ, ३० चैत । कलंकीमा सञ्चालित नेपाल नेशनल हस्पिटलले जोखिमपूर्ण फोहोर व्यवस्थापनमा लापर्वाही गरेपछि १ लाख रुपैयाँ जरिवाना गराइएको छ ।
काठमाडौँ महानगरपालिकाले पटक पटक अनुगमन गरेर सुधारको मौका दिँदा पनि अस्पतालजन्य फोहर व्यवस्थापनमा जिम्मेवार देखिएको भन्दै जरिवाना तिराएको महानगरले जनाएको हो ।
अस्पतालको फोहरले असर गरेको स्थानीयको उजुरीपछि चैत २० गते अनुगमन गरिएको थियो । यसपछि जरिवानाको पत्र पठाइएको थियो ।
महानगरपालिकाले जरिवानाको पत्र पठाएपछि अस्पतालले चैत २९ गते शुक्रबार महानगरपालिकाको राजस्व खातामा जरिवाना रकम दाखिला गरेको हो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]