राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका बझाङ जिल्ला अध्यक्ष खड्का माथि आक्रमण
काठमाडौँ, ३० चैत । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका बझाङ जिल्ला अध्यक्ष नरजितबहादुर खड्कामाथि धारिलो हतियार प्रयोग गरी आक्रमण भएको छ ।
जिल्लाको तालकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख समेत रहेका जनस्वास्थ्य निरीक्षक खड्कालाई गत २७ चैतका दिन स्वास्थ्य कार्यालयले आयोजना गरेको तालीम समापन पश्चात घर फर्कदै गर्दा आक्रमण गरिएको महासंघले जनाएको छ ।
महासंघका जिल्ला सचिव धिरेन्द्रबहादुर खड्काका अनुसार अध्यक्ष खड्कामाथि सुर्मा गाउँपालिका ४ निवासी पारस बोहरा नेतृत्वको जत्थाले आक्रमण गरेको हो ।
आक्रमणमा परेका खड्काको निधार सहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ ।
यसैबीच महासंघका सुदूरपश्चिम इन्चार्ज सिद्धप्रसाद ढुंगानाले विज्ञप्ती जारी गर्दै आक्रमणमा परि घाईते भएका खड्काको स्वास्थ्य लाभको कामना गर्दै घटनाको छानविन गरी दोशीमाथि कारवाही गर्न माग गरेका छन् । उनले यस्ता घटनाले दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुले असुरक्षित महसुस गर्ने समेत उल्लेख गरेका छन् ।
सम्पर्क इमेल : [email protected]