प्रेमसागरले स्याङ्जा पुगेर गरे आफ्नो १८२ औँ पटकको रक्तदान
काठमाडौँ, २८ चैत । नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेम सागर कर्माचार्यले १८२ औँ पटक रक्तदान गरेका छन् । गत मंगलबार स्याङ्जाको जिल्ला अस्पताल, पुतलीबजारमा पुगेर उनले आफ्नो १८२ औँ पटकको रक्तदान गरेका हुन् ।
१६ वर्षको उमेर देखि नै रक्तदान गर्न थालेका कर्माचार्य नेपालकै सबैभन्दा बढी रक्तदान गर्ने रक्तदाताको रुपमा परिचित छन् । उनले हरेक तीन तीन महिनाको अन्तरमा नियमित रुपमा रक्तदान गर्दै आएका छन् ।
उनले आफ्ना हरेक पटकका रक्तदान फरक जिल्ला र स्थानमा पुगेर दिने गरेका छन् । आफूले गरेको रक्तदानबारे अनुभव बताउँन, रक्तदानका लागि नागरिकलाई जागरुक बनाउन यस्तो गरेको उनी बताउँछन् ।
मंगलबार स्याङ्जामा भएको रक्तदान कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाखाका सचिव बिशाल अर्यालको सहजीकरणमा भएको हो । उक्त कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्रले प्रबिधिक सहयोग रहेको थियो।
सम्पर्क इमेल : [email protected]