भूकम्प प्रभावित म्यानमारलाई नेपालको सहयोग, निजी क्षेत्रले उपलव्ध गराएको २७ टन राहत सामग्री चार्टट बिमानद्धारा पठाईदै

काठमाडौँ, २७ चैत । सरकारले भूकम्प प्रभावित म्यानमारका जनतालाई २७ टन राहत सामग्री पठाउँदै छ । निजी क्षेत्रले उपलव्ध गराएको ठूलो परिमाणको राहत सामग्री बोकेर नेपाल बायु सेवा निगमको चार्टड विमान राती साढे ११ बजे त्यस तर्फ जाने भएको छ ।

राहत सामग्रीमा औषधी, खाद्य तथा गैरखाद्य सामग्री र पुनर्वासका सामग्री रहेका छन्।

चैत १८ गते बसेको मन्त्रीपरिषद बैठकमार्फत सरकारले म्यानमारका भूकम्प प्रभावितका लागि अत्यावश्यक राहत तथा मेडिकल सामग्री र उद्दारका लागि नेपाली सेनाको टोली पठाउने निर्णय गरेको थियो। सोही निर्णय अनुसार राहत र स्वास्थ्य सामग्री पठाउन लागेको हो।

नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) को अगुवाईमा संकलित डेढ करोड बढीको राहत सामग्रीमा नेपाली औषधी उद्योगहरुले समेत सहयोग गरेका छन् । नेपाल औषधी उत्पादक संघ (एपोन) तथा अरु निजी औषधी उत्पादक कम्पनीको गरी ३० लाख बढीको सामग्री उपलव्ध गराइएको छ ।

यसअघि आज दिउसो एफएनसीसीआई, एपोन लगायतका संस्थाका प्रतिनिधिहरुले परराष्ट्रमन्त्री आरजु राणालाई सामग्री हस्तान्तरण गरेका थिए ।

सो अवसरमा बोल्दै परराष्ट्रमन्त्री राणाले विपदका बेलामा छिमेकीलाई सहयोग गर्न निजी क्षेत्र सधै सरकारसंग हातेमालो गर्दै आएको भन्दै प्रशंसा गरिन् । उनले भूकम्प प्रभावित म्यानमार सरकारसंग समन्वयमा अत्यावश्यक सामग्री संकलन गरी त्यसतर्फ पठाउन लागिएको जानकारी दिईन् ।

म्यानमारमा भुकम्पमा परेर ३५ सय ब्यक्तिको ज्यान गएको थियो भने हजारौं घाइते छन।

नेपाली सेना यसअघि नै म्यानमारका भुकम्प प्रभावित घाइतेहरुको स्वास्थ्य उपचारमा खटिसकेको छ। म्यानमारको मन्डले क्षेत्र अन्तर्गत यामेथिन शहरमा मेडिकल क्याम्प स्थापना गरी नेपाली सेनाले भूकम्प प्रभावित घाइतेहरूलाई स्वास्थ्य उपचार प्रदान गरिरहेको छ।

म्यानमारका भूकम्प प्रभावितहरुको उद्दार तथा उपचारका लागि चिकित्सक र स्वास्थ्य सामग्री लिएर नेपाली सेनाको २२ जनाको चिकित्सक टोली गत बुधबार त्यसतर्फ प्रस्थान गरेको थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *