यी हुन् अतिरिक्त स्वास्थ्य सचिव बन्ने प्रतिस्पर्धामा उत्रिएका २४ जना अधिकृत
काठमाडौँ, २६ चैत । स्वास्थ्य सेवाको अधिकृत १२ औँ तहमा रिक्त दुई वटा अतिरिक्त स्वास्थ्य सचिव पदमा बढुवाका लागि २४ जना प्रतिस्पर्धामा उत्रिएका छन् ।
स्वास्थ्य मन्त्रालयको बढुवा समितिको सचिवालयका अनुसार तोकिएको १५ दिनको अवधीमा २४ जनाले आवेदन दिएका छन् ।
स्वास्थ्य सेवा ऐन २०५३ को दफा २५ (२) बमोजिम कार्यसम्पादन क्षमताको आधारमा बढुवा गर्न भन्दै रिक्त दुई पदका लागि सचिवालयले गत ६ चैतमा सूचना प्रकाशित गर्दै योग्यता पुगेका ईच्छुक व्यक्तिले आवेदन फारम डाउनलोड गरी १५ दिन भित्र भरेर पेश गर्न भनेको थियो ।
स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य समूहबाट सचिव सहित ५ जना अधिकृत १२ औँ तहको दरबन्दी रहेको छ ।
गत १२ फागुनमा स्वास्थ्य सचिवबाट डा रोशन पोखरेल, अतिरिक्त स्वास्थ्य सचिवबाट डा दीपेन्द्ररमण सिंह अवकाश भएका थिए । रिक्त सचिव पदमा डा विकास देवकोटाले नियुक्ती पाएपछि अतिरिक्त स्वास्थ्य सचिव पद दुई वटा खाली थियो ।
सचिवालयले अहिले आवेदन फारमहरुको रुजु गर्ने काम भइरहेको भन्दै समितिले मापदण्ड अनुसार प्राप्त हुने अंकको आधारमा अल्पसूची प्रकाशित गर्ने र त्यसमध्येबाट बढुवाका लागि सिफारिस गर्ने तयारी गरेको छ । प्रतिस्पर्धा सूचीमा उल्लेखित नामहरु आवेदन दिएको मितिको आधारमा तय गरिएको हो ।
यी हुन् स्वास्थ्यको अतिरिक्त सचिव बन्ने प्रतिस्पर्धामा उत्रिएका २४ जना
१. डा. दिपक थापा प्रमुख – कन्सलटेन्ट सर्जन, भरतपुर अस्पताल चितवन
२. डा. सञ्जयकुमार ठाकुर – फिजिसियन, चिविराप्र वीर अस्पताल
३. डा. राजन पाण्डे – प्रमुख कन्सल्टेन्ट फिजिसियन, भेरी अस्पताल नेपालगञ्ज
४. डा. श्रीकृष्ण श्रेष्ठ – पेडियाट्रिसियन, पेडियाट्रिक्स
५. डा. किरणमणि पौडेल – पेडियाट्रिसियन. पेडियाट्रिक्स
६. डा. यदुचन्द्र घिमिरे – प्रमुख स्वास्थ्य प्रशासक, एकीकृत चिकित्सा
७.डा. सरोज शर्मा – रेडियोलोजिष्ट, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
८. डा. विष्णुप्रसाद शर्मा – सर्जन, अरोरिनोल्यारिङ्गोलोजी
९. डा. प्रभा चापागाईँ – फिजिसियन, जनरल मेडिसिन
१०.डा. कृष्णप्रसाद पौडेल – पेडियाट्रिसियन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
११. डा. केशरबहादुर ढकाल – अब्स/ गाइने – प्रादेशिक अस्पताल सुर्खेत
१२. डा. बासुदेव जनार्दन प्रसाद उपाध्याय- प्रमुख कन्सलटेन्ट आयुर्वेद विज्ञ, आयुर्वेद
१३.डा. श्रवण कुमार थापा – अर्थोपेडिक सर्जन, वीर अस्पताल
१४. डा. सुधा देवकोटा – प्रमुख मेडिकल सुपरीटेन्डेन्ट, स्वास्थ्य सेवा विभाग
१५. दुर्गालक्ष्मी श्रेष्ठ – नर्सिङ प्रशासक, जनरल नर्सिङ
१६. डा. रुना झा – प्याथोलोजिष्ट, कोशी अस्पताल
१७. नारायणप्रसाद ढकाल – प्रमुख औषधी व्यवस्थापक, औषधी व्यवस्था विभाग
१८. डा. अजित रायमाझी – पेडियाट्रिसियन, कान्तिबाल अस्पताल
१९. डा. चुमनलाल दास- प्रमुख मेडिकल सुपरीटेन्डेन्ट, जनरल हेल्थ सर्भिसेज
२०. डा. चन्द्रभाल झा – डर्माटोलोजिष्ट, स्वास्थ्य सेवा विभाग
२१. डा. प्रविण श्रेष्ठ- प्रमुख कन्सलटेन्ट सर्जन, सर्जरी
२२. डा. डेलसिह जोशी – अब्स/गाईने, अब्स गाईने
२३. डा. अनुज भट्टचन – प्रमुख जनस्वास्य प्रशासक, सार्क क्षयरोग केन्द्र
२४. डा. विनोदविन्दु शर्मा – स्वास्थ्य शिक्षा प्रशासक, स्वास्थ्य शिक्षा
सम्पर्क इमेल : [email protected]