पीजीको म्याचिङविरुद्धको रिट आज हेर्न नभ्याउने सूचीमा

काठमाडौँ, २७ चैत । चिकित्सा शिक्षा तर्फ पोष्ट ग्राजुएट्स (पीजी) तहको सिट घटाएर म्याचिङ अघि बढाउने चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन नगर्न परीक्षार्थीहरुद्धारा दायर रिटमा आज सुनुवाई नहुने भएको छ । सर्बोच्चका न्यायाधीशद्धय डा. कुमार चुडाल र बालकृष्ण ढकालको इजलासले सो मुद्धालाई हेर्न नभ्याउने सूचीमा राखेको हो ।

त्यसो त सर्बोच्चले यो मुद्धामा गत २१ चैतमै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सो रिटमा सर्बोच्चले सरकारका नाममा कारण देखाउ आदेश दिएको थियो भने अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषमया छलफल गर्न आजको दिन पेशी तोकेर दुबै पक्षलाई बोलाएको थियो ।

न्यायाधीशद्धय डा कुमार चुडाल र बालकृष्ण ढकालको इजलाशमा परेको सो रिट आज हेर्न नभ्याइने सूचीमा परेको छ ।
अव यसका लागि अर्को मिति तोकिने बताइएको छ ।

चिकित्सा शिक्षा आयोगले सुरु गरेको अपूर्ण सिटको पीजी म्याचिङ रोक्न माग गर्दै डा सुजन न्यौपाने सहित १४ जना विद्यार्थीले बुधबार सर्बोच्चमा रिट दायर गरेका थिए । सो रिट माथि २१ चैतमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले आयोगका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

यस्तै म्याचिङ सम्वन्धी कार्य रोक्न अन्तरिम आदेश माग गरेको विषयलाई थप छलफल गर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सर्बोच्चको आदेश आए लगत्तै आयोगले म्याचिङ सम्वन्धी कार्यक्रम स्थगित गरिसकेको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *