सुदूरपश्चिममा क्यान्सर रोगीको खोजी गर्दै भक्तपुर क्यान्सर अस्पतालको टोली

काठमाडौँ, २६ चैत । भक्तपुर क्यान्सर अस्पतालबाट खटिएको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले यतिवेला सुदुरपश्चिमका विभिन्न जिल्लामा पुगि क्यान्सर रोग परीक्षण गरिरहेको छ । टोलीले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै क्यान्सर रोग परीक्षण गरेको हो ।

सो टोलीले चैत्र २२ गते अछामको रामारोसन गाउँपालिका र चैत्र २४ गते डडेल्धुराको अमरगढी नगरपालिमा शिविर सञ्चालन गरी महिलाहरुको पाठेघर र स्तन क्यान्सर परीक्षण गरेको थियो । टोलीले आज वर्दगोरियाको दोदोधरा अस्पतालमा स्वास्थ्य जाँच गर्ने कार्यक्रम रहेको छ ।

शिविरका लागि पहल सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गरेका थिए । उनले कुनैपनि महिलाले यो समस्याबाट अकालमा ज्याज गुमाउन नपरोस भनी भक्तपुर क्यान्सर अस्पतालसँग महिलाहरुको स्वास्थ्य जाँचका लागि पहल गरेको बताए ।

अछाम र डडेल्धुरामा स्वास्थ्य जाँच गरि फर्केको टोलीसँग सोमबार मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुदुरपश्चिममा महिलामा हुने पाठेघर र स्तन क्यान्सरको स्वास्थ्य अवस्थाको वारे जानकारी समेत लिएका थिए ।

मुख्यमन्त्री शाहलाई टोलीका सदस्य डा बर्षा प्रसाईँले अछाम २ सय ६० जना महिलाको पाठेघर र ३ सय ५० जनामा स्तन क्यान्सर र डडेल्धुरामा १ सय ५० जना महिलाको पाठेघर र १ सय ७० जनामा स्तन क्यान्सरको परीक्षण गरिएको जानकारी दिईन् । उनले परीक्षणका क्रममा अछामका ५ जनामा पाठेघर र १५ जनामा स्तन क्यान्सर तथा डडेल्धुरामा २० जनामा पाठेघर र २० जनामा स्तन क्यान्सरको शंका लागेकोले थप उपचारका लागि रेफर गरिएको बताईन् ।

शंका लागेर रेफर गरिएका विरामीले स्वास्थ्य बीमा कार्ड रेफरकार्ड देखाइ जुनसुकै अस्पतालमा निःशुल्क क्यान्सर परीक्षण गर्न सक्नेछन ।

स्वास्थ्य जाँचका लागि ८ वर्षको वालिका देखि ६० वर्ष माथिको महिलाहरु सहभागी रहेका छन । परीक्षणमा अछाम र डडेल्धुरामा पाँचरपाँच सय महिलाहरुमा चेकजाँच गर्ने योजना रहेकोमा सो संख्यामा महिलाहरुको उपस्थिती नरहेको डा. प्रसाईले बताईन् ।

उनले लजाउने, जनचेतनाको कमी, आर्थिक अवस्था कमजोर र यहाँको यातायातको समस्याका कारण स्वास्थ्य जाँच्न कम जना आएको हुन सक्ने बताईन् ।

जाँचमा आएका करिब ८० प्रतिशतलाई जेनेरल लक्षण देखिएकोले ५ देखि ७ दिनसम्मको निःशुल्क औषधी दिएको सो अवसरमा जानकारी दिइयो । भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्जवल चालिसेको नेतृत्व २२ जनाको टोली सुदुरपश्चिम गएको हो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *