पीजी प्रवेश परीक्षाको नतिजालाई लिएर परीक्षार्थीले दायर गरे पाटन उच्च अदालतमा रिट
काठमाडौँ, २४ चैत । चिकित्सा शिक्षा तर्फको पोष्ट ग्राजुएट्स (पीजी) तहको प्रवेश परीक्षाको नतिजामा असन्तुष्ट परीक्षार्थीले उत्तरपुस्तिका पुर्न परीक्षणको माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका छन् ।
परीक्षार्थी अभिषेक अमर सहित १ हजार ५०० बढी विद्यार्थीले नतिजामा असन्तुष्टी जनाई गत ९ फागुनमा उच्च अदालतमा रिट दायर गरेका हुन् ।
रिटमा चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाइएको छ ।
उच्च अदालतले सो रिटको सुनुवाईका लागि आगामी बुधबार (२७ चैत)का दिन पेशी तोकेको छ ।
परीक्षार्थीहरुले उत्तरपुस्तिका जाँच गर्ने बेलामा आयोगले बिग्रिएको एउटा अप्टिकल मार्क रिकन्जीनेशन (ओएमआर) मेसिन प्रयोग हुँदा नतिजामा धेरै नै त्रुटि भएको आरोप लगाएका छन् ।
उनीहरुले पुर्न परीक्षण भए नतिजाको रेङ्क समेत बदलिने ठोकुवा गरेका छन् ।
‘बिग्रिएको मेसिनबाट जाँच गर्दा धेरै गडबढी भयो । यो गडबढ भनेर हामीले उतिबेला नै बिरोध गरेका हौँ । तर आयोगले सुनुवाई नै गरेर । त्यसैले अदालतको ढोका ढक्ढक्याउन गएका हौँ,’ एक जना परीक्षार्थीले भने ।
माघको अन्तिम साता भएको परीक्षाको नतिजालाई लिएर परीक्षार्थीहरुले त्यसबेला नै छानविनको माग गर्दै आयोगमा धर्ना दिएका थिए ।
सम्पर्क इमेल : [email protected]