‘वंङ्का-रुरल’ दक्षिण एशियाको सह अध्यक्षमा डा. विकास गौचन निर्वाचित
काठमाडौँ, २४ चैत । जनरल प्राक्टिसनर (जीपी)हरुको विश्वब्यापी छाता संगठन ‘वर्ल्ड अर्गनाइजेन अफ नेशनल कलेजेज, एकडेमिज एण्ड एकेडेमिक एशोसिएसन अफ जेनरल प्राक्टिस्नर्स फेमिलि फिजिसियन्स (वंङ्का) -रुरल’ दक्षिण एशियाको सह अध्यक्षमा डा. विकास गौचन निर्वाचित भएका छन् ।
भारतको बेङलोर शुक्रबारबाट सुरु भएको वंङ्का दक्षिण एशियाको सम्मेलनबाट डा गौचन दुई वर्षका लागि वंङ्का रुरल सह अध्यक्षमा निर्वाचित भएका हुन् । उनी विगत नौ वर्ष देखि नै वंका दक्षिण एशिया क्षेत्रको कार्यकारी समितिमा रहेर काम गरेका थिए ।
सम्मेलनले डा गोवित रत्न (श्रीलंका) सह अध्यक्षमा, डा तविन्दा (पाकिस्तान) कोषाध्यक्ष, डा रोशनी झा (भारत), डा जाकुर रहमान (बंगलादेश), डा किन्ले भुती (भुटान)लाई सचिवमा निर्वाचित गरेको छ । सदस्यहरुको विषयमा भने निर्णय हुन बाँकी रहेको डा गौचनले बताए ।
वंङ्का दक्षिण एशियाको अध्यक्ष भने डा. प्रतिसकुमार (भारत)का रहेका छन् ।
वंङ्का रुरल खासगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा काम गर्नेहरुको संस्था हो ।
वंङ्का दक्षिण एशियामा नेपालसंगै भारत, बंगलादेश, श्रीलंका, भुटान र पाकिस्तान गरी छ वटा देश सदस्य रहेका छन् ।
सम्पर्क इमेल : [email protected]