सेती अस्पताललाई संघीय अस्पतालमा परिणत गर्न सुदूरपश्चिम प्रदेश सरकारद्धारा संघीय सरकारलाई पत्राचार

काठमाडौँ, १७ चैत । सुदूरपश्चिम सरकारले सेती प्रादेशिक अस्पताललाई संघीय अस्पतालमा परिणत गर्दै सञ्चालन गर्न संघीय सरकारलाई पत्राचार गरेको छ।

सुदूरपश्चिम सरकारको गत ६ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सेती अस्पताललाई संघीय अस्पतालका रुपमा परिणत गर्न नेपाल सरकारलाई अनुरोध गरेको हो ।

ुसुदूरपश्चिम प्रदेश सरकार मातहत सञ्चालित सेती प्रादेशिक अस्पताललाई सो अस्पतालमा कार्यरत जनशक्ति व्यवस्थापन सहित गेटा अस्पतालमा विशिष्टिकृत सेवा रहने गरी संघीय अस्पतालका रुपमा परिणत गर्न नेपाल सरकारलाई अनुरोध गर्ने,ु सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषदको निर्णयमा भनिएको छ।

मन्त्रिपरिषदको सोही निर्णय अनुसारको पत्र सुदूरपश्चिम सरकारले संघीय स्वास्थ्य मन्त्रालयलाई पठाएको छ।

उक्त निर्णयसहित सामाजिक विकास मन्त्रालयबाट आएको आवश्यक फाइल संघीय स्वास्थ्य सचिव डा विकास देवकोटालाई आइतबार बुझाइएको छ।

सुदूरपश्चिम सरकारले गेटामा प्रस्तावित विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गर्न समेत सहज हुने र गेटा अस्पतालमा विशिष्टिकृत सेवा रहने गरी सेती प्रादेशिक अस्पताललाई संघीय अस्पतालका रुपमा परिणत गर्न अनुरोध गरेको मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ।

सेती अस्पताल हाल ५० शय्या क्षमतामा सञ्चालित छ। अस्पतालमा हाल विभिन्न पदमा गरेर ५१३ जना कर्मचारी कार्यरत छन्।
यता ठूलो संरचनामा खडा भएको गेटा अस्पताल पूर्ण सञ्चालनमा आईसकेको छैन । प्रदेश सरकारको नयाँ प्रस्ताव पछि संघीय सरकारले थप अधययन् गरेर आवश्यक निर्णय लिन सक्ने बुझिएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *