तीनकुनेको भवनमा लागेको आगोमा जलेर एभिन्युज टेलिभिजनका पत्रकार रजकको मृत्यु

काठमाडौँ, १५ चैत । तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । राजावादीको प्रदर्शन खिच्नका लागि सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका क्यामरा पर्सन सुरेश रजकको मृत्यु भएको हो ।

राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए ।

एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले भने, ‘रिपोर्टिङमा गएको साथी सम्पर्कविहीन हुनुहुन्छ । अस्पतालतिर पनि भएको जानकारी छैन ।’

एभिन्युज टेलिभिजनका अर्का एक पत्रकारले सो घरभित्र आफ्नो साथी भएको जानकारी प्रहरीलाई दिँदादिँदै पनि उद्धार नभएको बताए ।

अहिले एभिन्युज टेलिभिजन अध्यक्ष भास्करराज राज कर्णिकार सहित सम्पादकीय टिम त्यस क्षेत्रमा पुगेका छन् । उनीहरुले समयमै प्रहरीलाई जानकारी गराउँदा गराउँदै उद्धार नभएको भन्दै चर्को आलोचना गरेका छन् ।

रजकको शव जलेर चिन्न नसकिने अवस्थामा रहेको बताइएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *