धुलिखेल अस्पताल घटना:

धुलिखेल अस्पताल घटना: मानसिक विभागका प्रमुख सहित दुई डाक्टरले काउन्सिललाई पठाए स्पष्टीकरण

काठमाडौँ, १४ चैत । विद्यार्थीलाई आत्महत्या दुरुत्साहनको आरोप लागेका काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स (धुलिखेल अस्पताल) का मानसिक रोग विभागका दुई चिकित्सकले नेपाल मेडिकल काउन्सिललाई स्पष्टीकरण पठाएका छन् ।

गत ४ फागुनमा एमडी पहिलो वर्षकी एक विद्यार्थीले आत्महत्याको प्रयास गरेको घटनामा जोडिएका सो अस्पतालका मानसिक रोग विभागका प्रमुख डा. अजय रिसाल र डा. दीपक कुँवरले स्पष्टीकरण पठाएका हुन् । गत ३ चैतमा बसेको काउन्सिल पूर्ण बैठकले यी दुई चिकित्सक माथि ‘कार्वाही किन नगर्ने ?’भनेर स्पष्टीकरण सोधेको थियो ।

‘स्पष्टीकरण को जवाफ आएको छ ।  अब त्यसको अध्ययन् गरी काउन्सिल पूर्ण बैठकबाटै आवश्यक निर्णय लिईने छ,’ स्रोतले भन्यो ।

एमडी पहिलो वर्षकी ती विद्यार्थीले विभागीय प्रमुख सहितका शिक्षकहरुले मानसिक दवाव दिँदा आफू आत्महत्याको प्रयास गरेको बताएकी थिईन ।

घटना पछि विद्यार्थीहरुले आन्दोलन गरेका थिए । आन्दोलन चर्किदै जाँदा काउन्सिलले घटनाको अध्ययन् गर्न दुई सदस्यीय टोली धुलिखेल पठाएको थियो । उनीहरुको प्रारम्भिक प्रतिवेदनका आधारमा काउन्सिलले डा रिसाल र डा कुँवर सहित डा वर्षा श्रेष्ठ र डा रिका रिजाललाई समेत बयानका लागि बोलाएको थियो । त्यसबेला उनीहरुलाई एक साताका लागि निलम्बन समेत गरिएको थियो ।

त्यसपछि काउन्सिलले डा विश्व दवाडीको संयोजकत्वमा डा आनन्द शर्मा र डा कुञ्जाङ शेर्पा सदस्य रहने छानविन समिति बनाएको थियो । सो समितिले डा अजय र डा दीपकलाई मात्रै स्पष्टीकरण सोधेको हो ।

आत्महत्या प्रयास गरेकी चिकित्सक भने अहिले स्वास्थ्य लाभ गरी सामान्य अवस्थामा फर्किएकी छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *