लुम्बिनी प्रदेश सरकारले बनाउन थाल्यो पारिवारिक स्वास्थ्य प्रोफाइल, पहिलो चरणमा छानियो तीन जिल्ला

पाल्पा, १३ चैत । पाल्पा, १३ चैत । लुम्बिनी प्रदेश सरकारले पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गर्ने अभियान सुरु गरेको छ । प्रदेशले पहिलो चरणमा पाल्पा, अर्घाखाँची र बाँके गरी तीन जिल्लामा यो अभियान सुरु गरेको हो । यस अभियान अन्तर्गत मोबाईल मार्फत समुदायस्तरमा रहेका हरेक व्यक्तिको पारिवारिक स्वास्थ्य प्रोफाईल तयार गरिने छ ।

तानसेनमा आज आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले सो अभियानको उद्घाटन गरे । समुदाय स्तरका परिवार स्वास्थ्य प्रोफाईल तयारी तथा मोबाईल स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रमकै अवसरमा यो अभियानको सुरुवात गरिएको हो ।

सो अवसरमा बोल्दै स्वास्थ्य मन्त्री सारुले नेता, नेतृत्व र व्यवस्थापनका विषयमा सुक्ष्म तरिकाले लाग्नुपर्ने बताए ।

सरकारले सुविधा सम्पन्न स्थानमा भन्दा ग्रामीण क्षेत्रमा स्वास्थ्यका जनशक्ति व्यवस्थापन गर्न लागिपरेको भन्दै यसमा सबैको साथ चाहिने बताए । उनले भने, ‘एक्लो व्यक्ति वा संस्थाले मात्रै हुँदैन । यसमा सबै तह र क्षेत्र लाग्नुपर्छ ।’

कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले गर्भवती हुँदाको समयमा जाँच गर्ने, स्वास्थ्य संस्थामा सुत्केरी हुने र सुत्केरी भईसकेपछी गर्ने जाँचको प्रतिशत ९० भन्दा बढी पुर्‍याउने सरकारको लक्ष्य पुरा गर्न सबै लाग्नुपर्ने बताए । उनले पाल्पामा ११ प्रतिशत बच्चा कम तौल भएका, ४१ जना मरेको बच्चा जन्मिनु र सातै प्रदेश मध्ये लुम्बिनीमा पोषणको अवस्था कहालीलाग्दो हुनु दुखद भन्दै सरकारले विशेष योजना बनाएर काम गर्नुपर्ने जनाए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, माथागढीका अध्यक्ष यमबहादुर चिदी लगायतले बोलेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *