स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त
काठमाडौँ, १२ चैत । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त भएका छन्।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै थापालाई अध्यक्षमा नियुक्त गरेका हुन् । यसअघि उनी बोर्डको सदस्य थिए।
मन्त्री पौडेलले मन्त्रालयमा अध्यक्षमा नियुक्त थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।
केही दिनअघि मन्त्रिपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा डा रघुराज काफ्लेलाई नियुक्त गरिसकेको छ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]