डा. सुनान मोनारेज सीडीसीको प्रमुख बनाउँदै अमेरिकी राष्ट्रपति ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डा. सुसान मोनारेजलाई ‘सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन’ (सीडीसी)को निर्देशक पदमा मनोनित गर्ने योजना अघि सारेका छन् । मोनारेज अहिले सीडीसीको कार्यवहाक निर्देशक छिन् ।

ह्वाइट हाउसले अचानक सार्वजनिक स्वास्थ्य एजेन्सीको नेतृत्व गर्न भन्दै यसअघि सिफारिस गरिएका डा. डेभ वेल्डनको मनोनयन फिर्ता लिएको केही हप्तापछि मोनारेजलाई अगाडी सारिएको हो ।

डा मोनारेज चिकित्सक होइनन् । तर माइक्रोबायोलोजी र इम्युनोलोजीमा पीएचडी छिन् । उनी सन् २००६ देखि सरकारी कर्मचारी हुन भने रिपब्लिकन र डेमोक्यार्टका दुबै राष्ट्रपतिसंग काम गरिसकेकी छन् ।

यदि सिनेटले ट्रम्पको सिफारिस अनुमोदन गरेमा डा मोनारेज ५० वर्षभन्दा बढी समयपछि सीडीसीको नेतृत्व गर्ने पहिलो गैर चिकित्सक हुनेछिन् । यो नियुक्तीका लागि राष्ट्रपतिको सिफारिसलाई सिनेटबाट पारित गराउनु पर्नेछ ।

अमेरिकी सरकारी एजेन्सीमा २० वर्षको कार्यअनुभव भएकी डा मोनारेज पहिले एडभान्स्ड रिसर्च प्रोजेक्ट्स एजेन्सी फर हेल्थकी उपनिर्देशक थिईन । त्यो संस्था अनुसन्धान कोषको रुपमा परिचित छ ।

डा मोनारेजले पहिले होमल्याण्ड सेक्युरिटी विभाग र ह्वाइट हाउसको विज्ञान तथा प्रविधि नीति कार्यालयमा पनि भूमिका निर्वाह गरेकी थिईन् ।

‘डा मोनारेजले नवप्रवर्तन पारदर्शिता र बलियो जनस्वास्थ्य प्रणालीहरुको च्याम्पियनशीप गर्ने दशकौंको अनुभव ल्याउँछिन्,’ टर्म्पले सोमबार सामाजिक सञ्जालमा भने ।

उनले अगाडी थपेका छन्, ‘एक अविश्वनीय आमा र समर्पित सामार्वजनिक सेवकको रुपमा डा मोनारेजले हाम्रा बच्चहरु, हाम्रा समुदायहरु र हाम्रो भविष्यको सुरक्षाको महत्व बुझ्छिन् । राजनीतिक पूर्वाग्रह र विनाशकारी कुप्रवंधनका कारण अमेरिकीहरुले सीडीसीमा विश्वास गुमाएका छन् ।’

अमेरिकी सिनेटले अनुमोदन गरेमा मोनारेजले पश्चिम टेक्सास र न्यु मेक्सिकोमा बढ्दो दादुराको प्रकोपसहित सार्वजनिक स्वास्थ्य खतराहरुका विषयमा कदम चाल्नेछिन् । यस्तै बढ्दो क्रममा रहेको बर्ड फ्लु नियन्त्रणका लागि पनि उनको सक्रियता हुनु पर्ने हुन्छ ।

एटलान्टमा रहेको सीडीसीको बार्षिक बजेट १३.३ मिलियन डलर( झण्डै २४ खर्ब नेपाली रुपैयाँ) रहेको छ । यसले जनस्थ्यका क्षेत्रमा देखिएका आन्तरिक तथा बाहिय खतराहरुको निगरानी तथा सुझाव दिने गर्दछ ।

यस्तै सीडीसीको कुल बजेटको लगभग दुई तिहाई राज्य तहका र स्थानीय तहका स्वास्थ्य एजेन्सीहरुको सार्वजनिक स्वास्थ्य र रोकथाम गतिविधिहरुलाई कोष उपलव्ध गराउँछ ।

यसैगरी अमेरिकीहरुका लागि खोप सिफारिस गर्न, खोप तालीका निर्वाण गर्न पहुँच नहुने बच्चाहरुको लागि खोप उपलव्ध गराउन समेत रकम खर्च गरिन्छ ।

मोनारेजले स्वास्थ्य सचिव रोबर्ट एफ केनेडी जुनियरलाई रिपोर्ट गर्नेछिन् । ट्रम्प भन्छन्, ‘मोनारेजले रोगको रोकथाम गरी देशलाई स्वस्थ बनाउन केनेडीसंग काम गर्नेछन् ।’

डा मोनारेज चिकित्सक होइनन् । तर माइक्रोबायोलोजी र इम्युनोलोजीमा पीएचडी छिन् । उनी सन् २००६ देखि सरकारी कर्मचारी हुन भने रिपब्लिकन र डेमोक्यार्टका दुबै राष्ट्रपतिसंग काम गरिसकेकी छन् ।

मार्चको सुरुमा ह्वाइट हाउसले पूर्व रिपब्लिकन सांसद र खोप आलोचकका रुपमा चिनिएका डेभ बेल्डनको सीडीसीको नेतृत्वमा मनोनयन फिर्ता लिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *