सामाजिक डर वा चिन्ताका लक्षण के हुन् ? कसरी दुर गर्ने ?

सामाजिक डर (Social Anxiety), जसलाई सामाजिक, चिन्ता, बिकार वा सामाजिक फोबिया पनि भनिन्छ ।

यो एक प्रकारको मानसिक स्वास्थ्य समस्या हो, जसमा व्यक्तिलाई अरुसँगको अन्तरक्रिया, सामाजिक घटना, वा सार्वजनिक स्थानहरुमा उपस्थित हुँदा असहजता, डर वा अत्याधिक चिन्ता महसुस हुन्छ ।

यसले दैनिक जीवनमा गम्भीर प्रभाव पार्न सक्छ र व्यक्तिको आत्मबिश्वास, सम्बन्ध तथा पेशागत जीवनमा अवरोध उत्पन्न गराउछ ।

लक्षणहरु:
सामाजिक डरका लक्षण शारीरिक, मानसिक र व्यवहारगत रुपमा प्रकट हुन सक्छ।

– खिमबहादुर पौडेल

शारीरिक लक्षण

  • मुटुको धड्कन तिब्र हुनु,
  • पसिना आउनु,
  • हातखुट्टा काम्नु,
  • अनुहार रातो हुनु,
  • श्वास फेर्न गाह्रो हुनु

मानसिक लक्षणहरु

  • अरुले नकारात्मक मुल्यांकन गर्ने डर,
  • आफुलाई सधै आलोचना गरिन्छ भन्ने महसुस,
  • आफु सार्वजनिक रुपमा हाँसोको पात्र हुने डर,
  • असफल हुने डरले निरन्तर मानसिक तनाव

व्यवहारगत लक्षणहरु

  • सामाजिक घटनामा सहभागी हुन अस्वीकार गर्नु,
  • आफुलाई एकान्तमा सिमित गर्नु,
  • आफ्ना विचार वा भावना व्यक्त गर्न कठिनाई,
  • सार्वजनिक बोलचाल वा प्रस्तुति दिने परिस्थितिबाट टाढा रहन खोज्नु

सामाजिक डरको कारणहरु

१) जिनेटिक कारण: परिवारमा यो समस्या देखिएको भए, अर्को पुस्तामा यो समस्या सर्न सक्ने सम्भावना हुन्छ ।
२) मस्तिष्कको संरचना: मस्तिष्कको Amygdala भागमा असन्तुलन हुदा डर र चिन्ताको प्रतिक्रिया बढी हुन्छ ।
३) जीवनको अनुभव: विगतमा भएको नकारात्मक अनुभव जस्तै अपमान, आलोचना वा अस्विकारले सामाजिक डर उत्पन्न गर्न सक्छ ।
४) परिवार र समाजको भूमिका: अत्यधिक आलोचनात्मक वा नियन्त्रणकारी परिवारले पनि व्यक्तिमा सामाजिक डर बढाउन सक्छ ।
५) बाल्यवस्थामा समाजबाट टाढा रहेका: बालबालिकाको जीवनको हुर्काइ सामाजिक क्रियाक्लाबबाट टाढा रहेर भएको अवस्थामा पनि यस्तो समस्या आउन सक्छ ।

बाल्यवस्थाको शारीरिक र मानसिक यातनाको कारण यसले जीवनमा पार्ने असर

सामाजिक डरले व्यक्तिको व्यक्तिगत, सामाजिक र व्यावसायिक जीवनमा गम्भीर असर पार्न सक्छ ।

१) आत्मविश्वास कमी: सामाजिक डर भएका व्यक्तिहरुले आफुलाई सधै कमजोर महसुस गर्छन।
२) सम्बन्धहरूमा अवरोध: साथीभाई वा परिवारसँग घनिष्ट सम्बन्ध बनाउन गाह्रो हुन्छ ।
३) शिक्षा र करियरमा: प्रस्तुति, समुह कार्य वा अन्तर्वार्ताको डरका कारण अवसर गुम्न सक्छ ।

उपचार र व्यवस्थापनका उपायहरु
सामाजिक डरको उपचार सम्भव छ र यसलाई व्यवस्थापन गर्न विभिन्न उपायहरु अपनाउन सकिन्छ ।

१) साइकोथेरापी (Psychotherapy)

  • संज्ञानात्मक व्यवहार थेरापी (CBT), जसले नकारात्मक सोचलाई सकारात्मक बनाउन सहयोग गर्छ ।

२) औषधोपचार (Medication)

  • चिकित्सकको सल्लाह अनुसार डिप्रेसन वा चिन्ताजन्य समस्यामा औषधी प्रयोग गर्न सकिन्छ ।

३) आत्म सहायता (Self- help)

  • ध्यान र योगले मनलाई शान्त बनाउन मद्दत गर्छ ।
  • सामाजिक परिस्थितिहरुमा बिस्तारै सहभागी हुदै आत्मबिश्वास बढाउन प्रयास गर्नु ।

४) समर्थन समुह (Support Group)

  • समान अनुभव भएका व्यक्तिहरुसँग विचार आदानप्रदान गर्दा डर घटन सक्छ ।

निष्कर्ष
सामाजिक डर गम्भीर मानसिक स्वास्थ्य समस्या भएपनि यसको उपचार सम्भव छ । समयमा नै सहायता लिने हो भने यसबाट छुटकारा पाउन सकिन्छ ।आत्मविश्वास र सामाजिक कौशललाई सुधार गर्ने प्रयास, परामर्शदाताको सल्लाह र आत्म प्रेरणाले व्यक्तिको आफ्नो जीवनलाई सकारात्मक रुपमा परिवर्तन गर्न सकिन्छ।

# पौडेल बुटवल उपमहानरपालिकामा स्वास्थ्य अधिकृतको रुपमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *