नेपालको क्यान्सर उपचारको गाथा सुनाउन अमेरिका पुगे डा. अरुण

काठमाडौँ, १० चैत । पाटन अस्पतालका मेडिकल अंकोलोजिष्ट डा. अरुण शाही प्रतिष्ठित अमेरिकी ‘च्यारिटेवल’ संस्था ‘द म्याक्स फाउण्डेशन’को बार्षिक सम्मेलनलाई विशेष सम्वोधन गर्न अमेरिका पुगेका छन् । सिएटल, वाशिङ्टनमा आज देखि सुरु भएको सप्ताहव्यापी सम्मेलनका लागि फाउण्डेशनले डा शाहीलाई प्रमुख अतिथिको रुपमा निम्त्याएको थियो ।
त्यहाँ उनले ‘अंकोलोजी इन नेपाल’ विषयमा विशेष प्रस्तुतिकरण गर्ने छन् ।
द म्याक्स फाउण्डेशन विश्वभर स्वास्थ्य समानता प्रवर्द्धन गर्दै क्यान्सररोग बिरुद्धको जीवनरक्षक औषधिहरू मानवीय सहयोगस्वरूप वितरण गर्ने संस्थाको रुपमा परिचित छ । अहिलेसम्म उसले संसारका ८३ वटा देशमा क्यान्सरबिरुद्धको जीवनरक्षक औषधि वितरण गर्दै आएको छ । उसको सहयोग लिने सूचीमा नेपाल पनि छ । सन् २००२ बाट पाटन अस्पतालबाट फाउण्डेशनले केही प्रकारका क्यान्सर उपचारका लागि जीवन रक्षक औषधी वितरण गर्न थालेको हो ।
अहिले पाटनसंगै भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि सो सेवा उपलव्ध छ ।
सम्मेलनमा डा. शाहीले नेपालमा क्यान्सर बिरामीहरूको उपचार पहुँच, क्यान्सर उपचारमा नवीनतम प्रविधि, र स्वास्थ्य समानताका विषयमा आफ्नो बहुमूल्य विचार प्रस्तुत गर्ने छन् । विशेष गरी, ‘म्याक्सिमाइज लाइफ गाला’मा उहाँले प्रमुख वक्ताको रुपमा सहभागिता जनाउनुहुनेछ, जसमा नेपालमा क्यान्सर उपचारको वर्तमान अवस्था र यसको सुधारका उपायहरूबारे अन्तर्राष्ट्रिय समुदायसँग आफ्ना अनुभवहरू बाढ्नु हुनेछ,’ द म्याक्स फाउण्डेशनले अगाडी थपेको छ ‘त्यस अघि नै उहाँले फ्रेड हच क्यान्सर सेन्टरमा चिकित्सा क्षेत्रका बरिष्ठ विज्ञहरुसंग छलफल गर्नु हुनेछ । यस्तै फाउण्डेशनको बार्षिक थिङ्क ट्याङ्क बैठकमा भाग लिनु हुनेछ ।
डा शाहीले प्रतिष्ठित अन्तराष्ट्रिय संस्थामा प्रमुख वक्ताको रुपमा आफ्ना बिचार तथा प्रस्तुति दिन पाउनु आफ्ना लागि मात्रै नभई देशकै लागि गर्वको कुरा भएको बताए । ‘संसारका ८३ देशमा यसले काम गरिरहेको छ । यसपटक नेपालको क्यान्सर उपचारको क्षेत्रमा भएका काम र कठिनाई बारेमा मलाई सुन्न खोज्नु भएको छ, छलफल गर्न खोज्नु भएको छ । यो त निकै महत्वपूर्ण कुरा हो,’उनले भने ।
फाउण्डेशनकी संस्थापक प्याट गार्सिया गोन्जालोज गत कात्तिकको पहिलो साता आफ्नो स्वर्गीय छोरा म्याक्सको जन्मजयन्ती मनाउन नेपाल आएकी थिईन् । सो क्रममा उनले नेपालमा क्यान्सर उपचार र फाउण्डेशनको सहयोगको प्रभावबारे प्रत्यक्ष देखेकी थिईन् । त्यस बेला उनी ज्यादै प्रभावित समेत भएकी थिईन् ।
द म्याक्स फाउण्डेशनकी नेपाल कोअर्डिनेटर श्वेता अग्रवालका अनुसार अहिले नेपालमा क्यान्सर उपचारमा प्रयोग हुने १३ प्रकारका औषधिहरु निशुल्क वितरण भइरहेको छ ।
त्यसमा रक्त क्यान्सरमा सीएमएल सीएसएल, स्तन क्यान्सर, मिर्गौलाको क्यान्सर, पेटको क्यान्सर, फोक्सोको क्यान्सर, जीष्ट क्यान्सरको विभिन्न अवस्थामा प्रयोग हुने गुणस्तरीय तथा अति महंगा औषधिहरु रहेका छन् ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
Great
Best wishes Dr Arun
It’s Great 👍 congratulations Dr sab