ईशान बाल तथा महिला अस्पतालले सञ्चालनमा ल्यायो मल्टि-डिसिप्लिनरी क्लिनिक

काठमाडौँ, ९ चैत । बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालले मल्टि डिसिप्लिनरी क्लिनिक सञ्चालनमा ल्याएको छ । शनिबार अस्पतालमा आयोजित एक समारोहमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले सो क्लिनिकको उद्घाटन गरे ।

यस क्लिनिकमा डाउन सिन्ड्रोम, वौद्धिक अपांङ्गता, अटिजम, मस्कुलर डिस्ट्रोपी, मस्तिष्क पक्षघात जस्ता समस्या भएका बिरामीहरको सम्वन्धित चिकित्सकहरुले उपचार गर्ने बताइएको छ ।

त्यसअघि बोल्दै अस्पतालका निमित्त अध्यक्ष जन थापाले विसं २०५२ सालमा आफ्ना श्रीमान् स्वर्गीय नारायणबहादुर थापाको अगुवाईमा खुलेको अस्पतालमा थपिदै गएको सेवाले उनको सपना पुरा हुँदै गएको बताईन् । उनले आफ्ना श्रीमान् स्व. थापाले तीन दशक अघि ईशानलाई भविस्यमा मल्टिस्पेश्यालिटी अस्पताल बनाउने गरेको भन्दै त्यसलाई अहिलेको टीमले पुरा गरेको बताईन् ।

अस्पतालका कार्यकारी निर्देशक डा आरपी चौधरीले ईशान नेपालकै पहिलो निजी बाल अस्पताल हो भन्दै यसले समय क्रमसंगै सेवाहरुलाई विस्तार गर्दै गईरहेको बताए । उनले मस्तिष्क सम्वन्धी समस्या परेका बालबालिकाहरुलाई एकै थलोमा आवश्यकता अनुसार उपचार गर्न सकियोस भनेर यो क्लिनिक सञ्चालनमा ल्याएको बताए ।

मल्टि डिसिप्लिनरी क्लिनिककी योजनाकार समेत रहेकी स्त्री रोग विशेषज्ञ डा ललिता जोशीले न्युरो सम्वन्धी विभिन्न रोगहरुका कारण शारीरिक तथा मानसिक अपाङ्ग बनेका वा बन्न खोजेका बालबालिकाहरुको उपचारलाई यो क्लिनिकले सघाउने बताईन् ।

सरकार सहकार्य गर्न तयार छ : मन्त्री सुडी 

यसैबीच क्लिनिक उद्घाटन गर्न आएका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुडीले नयाँ सेवा थप गरेर ईशानले आफूलाई मल्टि सर्भिसेज हस्पिटलको रुपमा उभ्याएको बताए ।

उनले यसले दिने महिला बालबालिका तथा जेष्ठ नागरिकको उपचार सेवालाई थप प्रभावकारी बनाउन मन्त्रालयले सहयोग गर्न सक्ने संकेत गरे । नागरिकको उपचार प्रभावकारी बनाउन हामी आवश्यक सहकार्य र समन्वय गर्न तयार नै छौँ । यो क्लिनिकको पनि सफलता मिलोस  उनले भने ।

कार्यक्रममा निजी अस्पताल सञ्चालकहरुको संस्था अफिनका अध्यक्ष डा पदम खड्काले यसलाई पेडियाट्रिक क्लिनिको रुपमा हुनुपर्ने बताए । उनले भयावह रुपमा देखन थालेको न्युरो सम्वन्धी समस्यालाई समाधान गर्न सरकरा र निजी अस्पताल सञ्चाकबीच सहकार्य आवश्यक रहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *