विपन्न नागरिकको मुटु उपचारमा एक लाख सहुलियत, सुचीकृत छन् तीन प्रदेशका १५ अस्पताल

काठमाडौँ, ९ चैत । सरकारले विपन्न नागरिकको मुटु उपचारमा एक लाख रुपैयाँ सहुलियत उपलव्ध गराउने गरेको छ । मुटुको विशेषज्ञ उपचार सेवा दिने सूचीकृत अस्पतालमा उपचार गराउँदा विपन्न विरामीले सो सुविधा प्राप्त गर्ने हुन् ।

तर मुटुको सबै खाले उपचारमा भने होइन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विपन्न नागरिकलाई मुटुको मुख्य रक्तनलीमा गरिने शल्यक्रिया, मुटुमा पेसमेकर तथा स्टेन्ट राख्नु परेमा, मुटुको भल्भ पूर्ण रुपमा क्षति भएर उपचार गर्नु परेमा एक लाख रुपैयाँ सहयोग गरिने गरिएको छ ।

सो सेवा लिनका लागि विपन्न बिरामीले स्थायी बसोबास भएको वडाको सिफारिसमा पालिकाको सिफारिस पत्र लिएर अस्पताल पुग्नु पर्ने छ ।

मुटु उपचारका लागि सूचीकृत १५ अस्पताल
विपन्न नागरिकलाई उपचारमा सहुलियत दिनका लागि सरकारले सूचीकृत गरेका १५ अस्पतालमध्ये ११ अस्पताल बागमती प्रदेशकै रहेको छ । कोशी प्रदेशको तीनवटा र लुम्बिनी प्रदेशको एउटा अस्पताल पनि सूचीकृत छ ।
मन्त्रालयका अनुसार बागमती प्रदेशमा:
१. वीर अस्पताल
२. त्रिवि शिक्षण अस्पताल
३. पाटन अस्पताल
४. कान्ति बाल अस्पताल
५. शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र
६. मनमोहन काडियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर
७. शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर
८. चितवन मेडिकल कलेज
९. बयोया अस्पताल प्रालि बल्खु
१०. धुलिखेल अस्पताल काभ्रे
११. भरतपुर अस्पताल चितवन

कोशी प्रदेशमा:

१.  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
२. नोबेल मेडिकल कलेज बिराटनगर
३. न्युरो कार्डियो मल्टिस्पेश्यालिटी अस्पताल बिराटनगर

लुम्बिनी प्रदेश:
१. गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवल

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *