विश्व मुख स्वास्थ्य दिवसको अवसरमा कान्तिपुर इन्ष्टिच्यूट अफ हेल्थ साईन्सेस् पोखराले गर्यो जनचेतनामुलक प्रभातफेरी
पोखरा, ७ चैत । विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर पोखरास्थित कान्तिपुर इन्ष्टिच्यूट अफ हेल्थ साईन्सेस् तथा कान्तिपुर दन्त अस्पतालले बिहीबार विहान मुख स्वास्थ्य सम्वन्धी जनचेतना मुलक प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।
‘खुशी मुख भनेको खुशी मन हो’ भन्ने यस वर्षको मुल नारालाई आत्मासाथ गर्दै अस्पतालले जनचेतनामुलक प्रभातफैरीको आयोजना गरेको हो ।
सो अवसरमा कान्तिपुर इन्ष्टिच्यूट अफ हेल्थ साईन्सेजमा अध्ययनरत विद्यार्थीहरुले पोखरा महानगरपालिका वडा नं. ८ न्यूरोडबाट प्रभातफेरी कार्यक्रम सुरु गरी सभागृह, पृथ्वीचोक हुँदै महेन्द्रपुल, चिप्लेढुंगा हुँदै पुनः संस्थाको प्रांगणमा आई प्रभातफेरी सम्पन्न भएको थियो ।
उक्त प्रभातफेरीमा विद्यार्थीहरुले मुख स्वास्थ्यको महत्वबारे नारा लगाउदै समाजमा जनचेतना जगाउने प्लेकार्ड तथा व्यानर प्रदर्शन समेत गरेका थिए ।
अस्पताल तथा इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत प्रतिकमान श्रेष्ठले मुख स्वास्थ्यको समस्यालाई सामान्य रुपमा लिन नहुने र सचेत हुनु पर्ने सन्देश तथा सचेतना फैलाउन प्रभातफेरीको आयोजना गरिएको बताए ।
सम्पर्क इमेल : [email protected]