गेटा अस्पतालको निर्देशकमा डा. यादव नियुक्त
काठमाडौँ, ७ चैत । कैलालीको गेटा अस्पतालको निर्देशकमा डा. प्रमोदकुमार यादव नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समय यता रिक्त निर्देशक पदमा डा. यादवलाई मन्त्रालयको सचिवस्तरीय निर्णयका आधारमा नियुक्त गरेको हो ।
डा. यादव चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा १० औं तहमा कार्यरत छन् ।
यसअघि डा. यादवले जनकपुर प्रादेशिक अस्पतालमा समेत निर्देशकको रुपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]