विश्व मुख स्वास्थ्य दिवसको अवसरमा आज नि:शुल्क दन्त परीक्षण कार्यक्रम सञ्चालन गर्दै केडीसी

काठमाडौँ, ७ चैत । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा आज बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)ले निशुल्क दन्त परीक्षण कार्यक्रम सञ्चालन गर्दैछ ।

‘खुशी मुख भनेको खुशी मन हो’ भन्ने स्लोगनका साथ केडीसीले आज आम सर्वसाधारणको निशुल्क दन्त परीक्षण गर्न लागेको हो ।

परीक्षण विहान १० देखि अपरान्ह ६ बजेसम्म सञ्चालन हुने बताइएको छ ।

केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले मुख स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनु पर्ने भन्दै त्यसका लागि जनचेतना फैलाउनु आवश्यक रहेको बताए । उनले आम सर्वसाधारणलाई मुख स्वास्थ्य प्रति सचेतना आवस र परीक्षण गर्ने बानीको विकास होस भन्नका लागि पनि निशुल्क परीक्षण सञ्चालन गरिएको बताए ।

विश्व स्वास्थ्य संगठनको अध्ययन (सन् २०१९) अनुसार नेपालमा १ देखि ९ बर्ष उमेर समूहका करिब ५१.२ प्रतिशत बालबालिकाहरु दाँत किराले खाने रोग र १५ बर्ष भन्दा माथिको उमेर समूहका करिब १४.८ प्रतिशत जटिल प्रकृतिका गिजा रोगबाट प्रभावित रहेको देखिएको छ ।

नेपालमै प्रति एक लाख जनसंख्यामा लगभग ३.४ व्यक्तिहरु ओठ र मुखको क्यान्सरबाट प्रभावित छन् । यद्धपी मुख स्वास्थ्य सम्बन्धी उच्च तथा मध्यम स्तरको उपचार सेवाको बिस्तारमा उल्लेखनीय प्रगति हुँदै गईरहेको छ । विज्ञहरुले स्वास्थ्यमा सर्वव्यापी पहुँचलाई कार्यान्वयन गर्नका लागि मुख स्वास्थ्य क्षेत्रमा व्यापक सुधारको खाँचो आवश्यक रहेको बताउँदै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *