पोखरा नर्सिङ क्याम्पसमा एमाले निकटको अनेरास्ववियुको प्यानल नै विजयी
पोखरा, ५ चैत । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस पोखरा नर्सिङ क्याम्पसमा आज सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को प्यानलै बिजयी भएको छ ।
अघि बेलुका सम्पन्न भएको मतगणनामा अनेरास्ववियुकी प्रतिभा भण्डारी सभापतिमा निर्वाचित भएकी हुन् । त्यस्तै सचिवमा सोही संगठनकी सलिना श्रेष्ठ र कोषाध्यषमा कुसुम गौतम निर्वाचित भएका छन् ।
सभापति निर्वाचित भण्डारीले २४२ मत पाउँदा नेविसंघकी रचना पौडेलले १०२ मत पाएकी छन् । यो क्याम्पसमा विगतदेखि नै अनेरास्ववियुले जित्दै आएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
सम्पर्क इमेल : nepalihealthnews@gmail.com