आफूलाई सचिव नबनाएको भन्दै सरकारविरुद्ध सर्बोच्च गईन संगीता

काठमाडौँ, ४ मंसिर । आफूलाई सचिव नबनाएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त स्वास्थ्य सचिव डा संगीता कौशल मिश्रा सर्बोच्च अदालत पुगेकी छन् । उनले डा विकास देवकोटालाई सचिव बनाउने मन्त्रिपरिषद्को निर्णय खारेजीको माग गर्दै गत १ चैतमा रिट दर्ता गरेकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रामशाहपथ, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, बढुवा समिति र सचिव पदमा नियुक्त डा देवकोटालाई विपक्षी बनाएर दायर रिटको आइतबार सुनुवाई समेत भएको थियो । प्रारम्भिक सुनुवाई पछि न्यायाधिश बालकृष्ण ढकालको इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गर्न समेत बोलाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त सचिव पदमा गत २१ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले डा देवकोटालाई सचिव बनाउने निर्णय गरेको थियो । त्यस पछि नै डा मिश्राले सार्वजनिक रुपमा विभागीय मन्त्री तथा सरकारमाथि आफूलाई अन्याय गरेको भन्दै आरोप लगाएकी थिईन । डा देवकोटा सचिव नियुक्त भएपछि मन्त्रालय नछिरेकी उनी मन्त्रिपरिषद्को निर्णयलाई नै चुनौती दिदै सर्बोच्च गएकी हुन् ।

जानकारहरु भने सर्बोच्च गए पनि मन्त्रिपरिषद्को निर्णय परिवर्तन हुने सम्भावना नरहेको बताउँछन् । एक जना पूर्व स्वास्थ्य सचिव भन्छन्, ‘बढुवाका कुरा भएकोले मुद्धा त लाग्ने भयो तर मन्त्रिपरिषद्को निर्णयमा फेरवदल हुने सम्भावना छैन । मन्त्रिपरिषद्ले बढुवा समितिले सिफारिस गरेको तीन मध्ये एक जना जसलाई पनि सचिव बनाउन सक्छ । तर त्यो व्यक्ति सचिव बन्नका लागि क्राइटएरिया पुगेको हुनुपर्छ । क्राइटएरिया नै नपुगेको व्यक्तिलाई सचिवका लागि सिफारिस गरिएन होला । त्यसैले यो सामान्य हो भन्ने लाग्छ । अदालतले कारण खोजेपछि निर्णय गर्ने पक्षले कारणसहित जवाफ दिएपछि केश समाप्त हुनेछ सायद ।’

स्वास्थ्य मन्त्रालयका एक अधिकारीले मुद्धालाई सामान्य रुपमा लिएको बताए । ‘कारण मागेपछि सरकारले जवाफ पनि दिनेछ । त्यसपछि मुद्धा किनारा लाग्नेछ,’ ती अधिकारीले भने ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *