स्वास्थ्य सेवा विभागका नव नियुक्त महानिर्देशक डा. बाराकोटीले जिम्मेवारी सम्हाले
काठमाडौँ, १ फागुन । स्वास्थ्य सेवा विभागका नव नियुक्त महानिर्देशक डा टंकप्रसाद बाराकोटीले आज पदवहाली गरेका छन् । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गत मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै महानिर्देशक बनाए पनि पत्र आज पाएपछि उनले आजै विभागमा पुगेर जिम्मेवारी सम्हालेका हुन् ।
स्वास्थ्य सेवा समूहका १२ औँ तहका उनी यसअघि सचिव बन्ने प्रतिस्पर्धामा थिए । उनका सहकर्मी डा विकास देवकोटा सचिवमा बढुवा भएपछि उनी स्वास्थ्यको दोस्रो ठूलो पावरफुल निकाय स्वास्थ्य सेवा विभागको महानिर्देशक बन्न सफल भए ।
विसं २०५६ सालमा मेडिकल अधिकृतका रुपमा सरकारी सेवामा प्रवेश गरेका उनले त्यस यताको २५ वर्षमध्ये पनि अधिकांश समय बालरोग विशेषज्ञको रुपमा सेवा गरे ।
बर्तमान स्वास्थ्य सचिव डा विकास देवकोटासंग १२ औँ तहमा संगै बढुवा हुनु अघि उनी प्रादेशिक अस्पताल भद्रपुर झापामा कार्यरत थिए ।
१० चैत २०७९ मा बसेको मन्त्रिपरिषद्को बैठकले डा देवकोटा र बाराकोटीलाई १२ औँ तहमा बढुवा गरेको हो ।
स्वास्थ्य सेवा विभागमा १२ औँ तहको अधिकृत महानिर्देशक हुने व्यवस्था छ ।
सम्पर्क इमेल : [email protected]