आज होली पर्व : खेल्नु अघि ध्यान दिनु पर्ने नौ कुरा
आज रंङहरुको पर्व भनेर चिनिने होली पर्व । विहानै देखि एक आपसमा रङ लगाएर खेल्न थालिसकेको छ । हिजो आज होलीका बेला रङको रुपमा प्रयोग हुने विभिन्न केमिकलको पनि प्रयोग हुने गरेको छ ।
यसले होलीमा फरक पना त देखिएला तर स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । आज हामी यस्तै सम्भावित असरबाट जोगिन अर्थात सतर्कताका साथ होली खेल्न यहाँहरु समक्ष केही टिप्सहरु दिदैछौँ ।
फेसियल नगर्नुहोस :
होली खेल्नु अघि मुहारको फेसियल नगर्नु नै बुद्धिमानी हुन्छ । किनभने फेसियल गर्दा छाला मुलायम हुन्छ र होलीका रंङले धेरै असर गर्नसक्छ ।
आँखामा लेन्स लगाएर होली नखेल्नुहोस :
यदि तपाईँ आँखामा कन्ट्याक्ट लेन्स राख्नु भएको छ र होली खेल्दै हुनुहुन्छ भने त्यसो नगर्नुहोस् । किनभने आँखामा राखिएको लेन्स भित्र रंङ वा अविर छिरयो भने त्यसले आँखामा इन्फेक्सन हुनसक्छ ।
पेट्रोलियम पदार्थको प्रयोग नगर्नुहोस :
कतिपयले होलीमा रंङ खेलिसकेपछि दाग हटाउनका लागि मट्टितेल, पेट्रोल, नेल रिमूवर जस्ता पदार्थको प्रयोग गर्ने गरेको पाइन्छ । तर यो छालाको लागि घातक चीजहरु हुन् । बरु त्यसको ठाँउमा बेसन, अदुवा तथा नौनी जस्ता घरेलु उपाय अपनाउन सकिन्छ ।
कपालमा रंङ नलगाउनुहोस :
बढीजसो रंङमा मेटल अक्साइड जस्ता लिड रसायनको प्रयोग हुन्छ ।यसले कपालमा तत्काल असर गर्न सक्छ । रंङ खेल्नु अघि कपालमा नरिवलको तेल लगाउन श्रेयकर मानिन्छ ।
सावुनका प्रयोग नगर्नुहोस् :
रङ हटाउनका लागि कतिपयले सावुनको प्रयोग गर्नुहुन्छ । तर यसले छालामा रेशेज हुनसक्छ । त्यसैले यस्तो बेला सावुनमुक्त क्लिजरको प्रयोग गर्नुहोस् ।
तातोपानी प्रयोग नगर्नुहोस् :
तातोपानीले रङलाई छालामा थप जमाउँछ । र छाला सुख्खा हुनसक्छ । त्यसैले रङ हटाउनका लागि चिसो पानी प्रयोग गर्नुहोस् ।
बढी नभिज्नुहोस :
अहिले मौसम पुरा गर्मी भईसकेको अवस्था छैन् । त्यसैले अहिले धेरै भिज्नु स्वास्थ्यका लागि राम्रो हुँदैन् । यसले खोकी , ज्वरो र निमोनिया जस्ता समस्या पैदा हुनसक्छ ।
बैजनी तथा हरियो रंग प्रयोग नगर्नुहोस् :
बैजनी र हरियो रङहरुमा धेरै असरदार केमिकल्सहरु प्रयोग हुन्छ । बरु यसको सट्टामा रातो वा गुलावी कलरहरु प्रयोग गर्न सकिन्छ ।
पटक पटक मुख नधुनुहोस :
पटक पटक अनुहार नपखाल्नुहोस । यसो गर्दा छालामा समस्या हुनसक्छ । होली खेल्नुहोस र अन्तमा एकपटक नुहाउनुहोस र रङ फखाल्नुहोस ।
सम्पर्क इमेल : [email protected]