आज विश्व मिर्गौला दिवस

मिर्गौला जोगाउनका लागि चेतना बिस्तार गर्न जरुरी : स्वास्थ्य मन्त्री पौडेल

काठमाडौँ, २८ फागुन ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मिर्गौला जोगाउनका लागि चेतना बिस्तार गर्न जरुरी रहेको बताएका छन् ।

विश्व मिर्गौला दिवसको अघिल्लो दिन शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आयोजनामा भएको १५ औँ नेपाल प्रत्यारोपण खेलकुद प्रतियोगिताको समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री पौडेलले दिवस मनाउनको एउटा मुख्य कारण यसबारे जनचेतना बढाउनु रहेको भन्दै यसमा व्यक्ति स्वयं सचेत रहनु पर्ने बताए । ‘मानिसले सबैभन्दा माया गर्ने आफ्नो शरीर हो । शरीरको माया गर्दा शरीर भित्रको अङ्ग पनि हुने नै भयो । शरीर भित्र लुकेको मिर्गौला कसरी जोगाउने ? जोगाउनका लागि के गर्ने भन्ने विषयमा अब विज्ञ चिकित्सकले पनि भनिदिनु पर्छ । व्यक्ति स्वयंले पनि त्यसबारेमा सचेत हुन जरुरी छ । हरेक व्यक्तिले जान्नु जरुरी छ,’ उनले भने ।

मन्त्री पौडेलले विद्यालयको पाठ्य पुस्तकमा समेत मिर्गौला जोगाउने लगायतका स्वास्थ्य सचेतनाका पाठ्यक्रम राख्न सकिने बताए ।

प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले दिवसको अवसरमा मिर्गौला फेल हुनबाट बचाउन व्यक्ति स्वयं पनि लाग्नु पर्ने भन्दै त्यसबारेका उपायबारे बताए । उनले भने, ‘खानपानमा ध्यान दिनु, बढी चिल्लो बढि गुलियो खानेकुरा नखाऔँ, धुमपान तथा मध्यपान नगरौँ, शारीरिक व्यायमलाई निरन्तरता दिने र छ महिना वा एक वर्षमा मिर्गौला परीक्षण गर्ने बानीको विकास गरौँ । यसले पनि मिर्गौलाको समस्या भएमा पनि सुरुवातमै थाहा हुन्छ र उपचारमा सहजता हुन्छ ।’

डा श्रेष्ठका अनुसार प्रत्येक १० जना मध्ये एक जनालाई मिर्गौला रोग लाग्ने गर्दछ । पछिल्लो समय मिर्गौला रोगको प्रकोप पनि बढी रहेको छ ।

उनले दिवसको अवसरमा रोगबारे चेतना अभिबृद्धिको काम गर्न सजिलो हुने र त्यसले पहिचान उपचार तथा रोकथामका लागि सहयोगी हुने समेत दावी गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *