निजामती कर्मचारी अस्पतालको निर्देशकमा प्राडा मोहनचन्द्र रेग्मी नियुक्त

काठमाडौँ, २७ फागुन । निजामती कर्मचारी अस्पतालको निर्देशकमा प्राडा मोहनचन्द्र रेग्मी नियुक्त भएका छन् । आज बसेको अस्पताल विकास समितिको बैठकले प्राडा रेग्मीलाई निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

चार वर्षे कार्यकालका लागि निर्देशक बनेका प्राडा रेग्मी सोही अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन् ।

अस्पतालका यसअघिका निर्देशक प्राडा विधाननिधि पौडेलको चार वर्षे कार्यकाल गत २५ फागुनमा सकिएको थियो । त्यस अघि नै निर्देशक छनौटका लागि प्रक्रिया अघि बढी सकेको थियो ।

लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा गठित निर्देशकका लागि नाम सिफारिस समिति समक्ष ११ जनाको आवेदन परे पनि अन्तिममा सो समितिले प्राडा रेग्मी सहित डा. प्रमोद यादव र डा. रुद्र मरासिनीको नाम सिफारिस गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *