सरकारलाई एम्बुलेन्स प्रयोजनका लागि चीनले ५० वटा विद्युतीय गाडी उपलव्ध गराउँदै

फाइल तस्बिर

काठमाडौँ, २७ फागुन । सरकारले चीनबाट प्राप्त हुने भनेको ५० वटा इलेक्ट्रिक भेइकल  (विद्युतीय गाडी) एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बस्तुगत सहायत अन्तर्गत चीनले एम्बुलेन्स प्रायोजनार्थ दिने भनेको इलेक्ट्रिक भेइकल (विद्युतीय गाडी) स्वीकार गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

बुधबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिएका हुन् । उनका अनुसार मन्त्रिपरिषद्मा सो सम्वन्धी प्रस्ताव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लगेको थियो ।

मन्त्रिपरिषद्को सो निर्णयसंगै अब नेपालमा बिरामी बोकेर विद्युतीय एम्बुलेन्स पनि गुड्ने छन् ।

यस्तै स्वास्थ्यकै प्रस्तावमा सोही बैठकले कान्ति बाल अस्पताल भवन पुनर्निर्माण कार्यलाई विशेष परियोजनाको रूपमा कार्यान्वयन गर्ने गरी खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति दिने निर्णय गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *