स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा डा रघुराज काफ्ले नियुक्त

काठमाडौँ, २६ फागुन । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा रघुराज काफ्ले नियुक्त भएका छन्। आज बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले व्यास-५ तनहुँका काफ्लेलाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि मन्त्रिपरिषद्मा कार्यकारी निर्देशकमा नियुक्त गर्नका लागि नाम सिफारिस समितिले छनौट गरेको तीन जनाको नाम स्वास्थ्य मन्त्रालयले प्रस्ताव गर्दै पठाएको थियो । ती नाममा काफ्लेसहित डा कृष्ण अधिकारी र कमल पन्थीको नाम सिफारिस भएको थियो।

काफ्लेले अर्थशास्त्रमा विद्यावारिधी गरेका छन्। उनले वैदेशिक रोजगार बोर्डको कार्यकारी प्रमुखको रुपमा ४ वर्ष काम गरेका छन्। उनले गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षको रुपमा १९ महिना काम गरेका थिए।

पछिल्लो समय उनले स्वास्थ्य मन्त्री प्रदीप पौडेलको समूहमा रहेर काम गर्दै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *