स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव पनि मन्त्रिपरिषद् पुग्यो

काठमाडौँ, २१ फागुन । आज बस्ने मन्त्रिपरिषद्को बैठकमा स्वास्थ्य सम्वन्धी दुईवटा महत्वपूर्ण प्रस्ताव तयारीमा अवस्थामा छ । तर निर्णय हुन्छ कि हुँदैन भन्ने अहिल्यै भन्न हतार हुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको स्वास्थ्य समूहको सचिवका लागि तीन जनाको नाम मन्त्रिपरिषद्मा पुगिसकेको छ ।

यस्तै स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तीका नाम सिफारिस गर्न गठित समितिले पनि गत आइतबार र सोमबार १० जना उम्मेद्धारको प्रस्तुतिकरण तथा अन्तर्वार्ता लिएर तीन जनाको नाम स्वास्थ्य मन्त्रालयमा पठाएको थियो । सो प्रस्ताव पनि मन्त्रिपरिषद्मा पठाइएको हो ।

स्वास्थ्य सचिव हरिप्रसाद मैनालीले सिफारिस गरिएका तीन जनाको नाम सहितको प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको पुष्टि गरे । तर उनले नाम बताउन चाहेनन् । ‘यो अति गोप्य कुरा हो, प्रस्ताव गएको छ मन्त्रिपरिषद्ले निर्णय गरेपछि थाहा भैहाल्छ । नाम अहिले सार्वजनिक गर्न अलि मिलेन,’ नेपाली हेल्थसंग उनले भने ।

‘स्वास्थ्य बीमा अस्तव्यस्त छ । त्यसमाथि कार्यकारी निर्देशक नहुँदा समस्या झन् बढेको छ । त्यसैले पनि यो विषय सरकारको प्राथमिकतामा परेको होला । आज पक्कै निर्णय हुन्छ,’ मन्त्रालयका एक अधिकारीले भने ।

यसअघि स्वास्थ्य बीमा बोर्डमा कार्यकारी निर्देशक रहेका डा दामोदर बसौलाको चार वर्षे कार्यकाल गत २५ कात्तिकमा सकिएको थियो । त्यसको ठ्याक्कै तीन महिना पछि अर्थात २४ माघमा सार्वजनिक सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यकारी निर्देशक नियुक्तीको प्रक्रिया अघि बढाएको थियो ।

योग्यता पुगेका व्यक्तिले १० दिन भित्र दरखास्त हाल्न आव्हान गरेको सो सूचना बमोजिम ११ जनाले दरखास्त हालेका थिए । तर अल्पसूचीमा १० जनाको नाम राखिएको थियो ।

तिनै १० जनाको प्रस्तुतिकरण र अन्तर्वार्ता पछि तीन जनाको नाम मन्त्रिपरिषद समक्ष सिफारिस गरिएको हो ।

बोर्डमा अहिले मन्त्रालयका सहसचिव डा सरोज शर्माले निमित्त निर्देशकको रुपमा काम सम्हाली रहेका छन् ।

आज मन्त्रिपरिषद्को बैठक बस्दै, पाउला त स्वास्थ्यले नयाँ सचिव ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *