आज मन्त्रिपरिषद्को बैठक बस्दै, पाउला त स्वास्थ्यले नयाँ सचिव ?

काठमाडौँ, २१ फागुन । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बेलुका ६ ३० बजे बालुवाटारमा बस्ने बैठकले नयाँ स्वास्थ्य सचिव नियुक्त गर्ने सम्भावना बढेको छ । यसअघि गत साता नै बढुवा समितिले स्वास्थ्य सचिवका लागि तीन जनाको नाम सिफारिस गरिसकेको छ । सिफारिसमा पर्नेहरुमा डा संगिता मिश्रा, डा विकास देवकोटा र डा टंक बाराकोटी रहेका छन् ।

स्वास्थ्य सचिव खाली भएकै दिन १२ फागुनमै समितिले नाम सिफारिस गरेको थियो तर त्यसपछिको बिहीबार र सोमबार मन्त्रिपरिषद्को बैठक नै बसेन । यसैले आजको बैठकबाट सचिव नियुक्ती सम्वन्धी निर्णय हुने सम्भावना बढेको बताइएको छ ।

सिफारिसमा परेकामध्ये तीन जना नै क्षमतावान चिकित्सक हुन् । स्वास्थ्यमा सेवा अनुभवको आधारमा डा. विकास देवकोटा अगाडी छन् । तर १२ औँ तहमा छिटो बढुवा डा. संगिता भएकी हुन् । अनि लामो समय मोफसलमा मेडिकल प्राक्टिस गरेको अनुभव डा. बाराकोटीमा बढी छ ।

सचिवका लागि तीन जनाको नाम गएको छ । मन्त्रिपरिषद् ती मध्ये एक जनालाई नियुक्ती गर्ने हो । निर्णय गर्नमा प्रधानमन्त्रीसंगै विभागीय मन्त्रीको भूमिका बढी हुन्छ । यस्तै प्रधानमन्त्रीले निबृत्त सचिवसंग पनि सोध्ने चलन छ । डा पोखरेलले अवकाशमा जाँदा आफ्नो तर्फबाट कसलाई सचिव बनाउन उपयुक्त हुन्छ भनेर सल्लाह दिए त्यसले पनि केही अर्थ राख्ने बताइएको छ ।

नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धनबाट बनेको सरकारमा अहिले प्रधानमन्त्री एमालेबाट छन् भने स्वास्थ्य मन्त्री कांग्रेसका हुन् ।
र सरकारको नेतृत्व नै गरे पनि प्रधानमन्त्री ओली यसपटक आफूखुशी पेलेरै निर्णय लिने पक्षमा छेनन् । गठबन्धन दलसंग राम्ररी सल्लाह गरेरै निर्णय लिने पक्षमा देखिन्छन् ।

सचिवमा सिफारिस तीनै जना केही समय देखि नै आफ्नो पक्षमा पार्न उच्चस्तरीय भेटघाट र छलफलमा लागि परेका छन् । त्यसैले पनि निर्णय कसको पक्षमा जाने हो यसै भन्न सकिने अवस्था देखिएको छैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *