औषधी व्यवस्था विभागले उत्पादकलाई भन्यो, ‘प्रतिजैविक औषधीको लेभलमा रातो धर्का राखौँ’

काठमाडौँ, २० फागुन । औषधी व्यवस्था विभागले प्रतिजैविक (एन्टीबायोटिक) औषधीको लेभलमा रातो धर्का (रेडलाइन) राख्न औषधी उत्पादक कम्पनीहरुलाई अनुरोध गरेको छ ।

औषधी सल्लाहकार समितिको सिफारिसमा विभागले ११ भदौ २०८० यस सम्वन्धी अनुरोध गरे पनि त्यसको राम्ररी कार्यान्वयन नभएको भन्दै पुन सार्वजनिक सूचनामार्फत अनुरोध गरेको हो ।

विभागले प्रतिजैविक औषधीहरुको अधिक प्रयोग, न्युन प्रयोग तथा अनावश्यक प्रयोगले गर्दा प्रतिजैविक प्रतिरोधलाई न्युनिकरण गर्न विश्वव्यापी प्रचलनमा नै प्रतिजैविक औषधीहरुको प्राइमरी र सेकेण्डरी प्याकिङ्ग लेभलमा रातो धर्का लगाउने रहेको स्पष्ट पारेको छ ।

नेपालका सन्दर्भमा रातो धर्का कम्पनी पिच्छे फरक फरक रहेको भन्दै सामान्य उपभोक्तले समेत सो पहिचान गर्न असहज भएको गुनासो प्राप्त भएको विभागले उल्लेख गरेको छ ।

विभागले रातो धर्का कार्यान्वयन नगर्ने उत्पादक माथि कार्वाही गर्ने समेत उल्लेख गरेकोछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *