कानून विपरित सञ्चालनमा रहेका पाँच वटा अस्पातल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

काठमाडौँ, १७ फागुन । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरीको बर्दिबासका पाँच वटा अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।

शुक्रबार (हिजो) अनुमगन गरेका आठ वटा अस्पतालमध्ये कानून विपरित सञ्चालनमा रहेका पाँच वटा अस्पातल बन्द गर्न निर्देशन दिएको मन्त्रालयका स्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरले जानकारी दिए ।

बन्द गरिएकोमा बर्दिवास वडा नम्बर १ मा सञ्चालित पिनाकल हस्पिटल, ओम समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर, सुरक्षा अर्थेपेडिक एण्ड क्लिनिक प्रा।लि र खोमुसरा डेन्टल क्लिनिक प्रा.लि रहेका छन् ।

झन्डै एक महिना अघि मुस्कान अस्पतालमा पत्थरीको सल्याक्रिया गरेका बिरामीको २० दिनसम्म पनी होस नआएको घटना बाहिरीएपछि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशमा सञ्चालित स्वास्थ्य संस्थाहरुको अनुगमनलाई तिब्र पारेका हुन् ।

अहिलेसम्म ५९ वटा अस्पताल तथा स्वास्थ्य संस्थाहरुको अनुगमन गरेकोमा २२ वटा स्वास्थ्य संस्थाहरु बिना अनुमति सञ्चालनमा रहेको पाइएको छ ।

मुख्यमन्त्री सिंहले ती अस्पताललाई बन्द गर्न निर्देशन दिएका छन् । यस्तै नकिरण नगरेका २२ वटा अस्पतालले कागजात पूरा गर्न दुई महिनाको समय पाएका स्वास्थ्य अधिकृत ठाकुरले बताए ।

मुख्यमन्त्री सिंहसँगै प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सत्रुधन प्रसाद सिंह पनि अनुगमनमा गएका थिए ।

अनुगमनका क्रममा अस्पतालको आकस्मिक कक्षमा २४ सै घण्टा रहनुपर्ने स्वास्थ्यकर्मी नरहेको, सरसफाइको अवस्था राम्रो नभएको, झन्डै १२ जना फार्मेसिस्टहरु सरकारी मापदण्ड पूरा नगरी काम गर्ने गरेको पाइएको अधिकृत ठाकुरले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *