आईओएमको रिक्त सहायक डीन पदका लागि आवेदन दिएका पाँच जना चिकित्सकलाई अन्तर्वार्तामा बोलाइयो
काठमाडौँ, १६ फागुन । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)को सहायक डीन छनौट समितिले सो पदका लागि आवेदन दिएका मध्ये पाँच जनालाई अन्तर्वार्ताका लागि बोलाएको छ ।
समितिले आईओएममा रिक्त रहेको सहायक डीन (एक) पदका लागि पाँच जनालाई अन्तर्वार्ताका लागि बोलाएको हो ।
त्यसरी अन्तर्वार्तामा बोलाइएकाहरुमा सहप्राडा खेमबहादुर कार्की, प्राडा पलेश्वाँ जोशी लाखे, सह प्राडा पवनराज चालिसे, सह प्राडा विष्णुप्रसाद चौलागाईँ, र सह प्राडा सन्तकुमार दास रहेका छन् ।
समितिले पाँचै जनालाई आगामी २० फागुनका दिन विहान ९ बजे देखि अन्तर्वार्तामा बोलाएको छ ।
हरेकलाई अन्तर्वार्ताको समय १५ मिनेट तोकिएको समेत सूचनामा उल्लेख छ । अन्तर्वार्ता डीन कार्यालय मोहेगो भवनको पहिलो तल्लामा हुने बताइएको छ ।
सम्पर्क इमेल : [email protected]