महाशिबरात्री:

म्याक्सिमद्धारा पशुपति क्षेत्रमा स्वयंसेवक परिचालनसंगै प्रसाद वितरण

काठमाडौँ, १४ फागुन । महाशिवरात्रीको अवसरमा प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरण सप्लायर्स कम्पनी म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्सले बुधबार पशुपति क्षेत्रमा स्वयंसेवक परिचालन तथा प्रसाद वितरण कार्य गरेको छ ।

कम्पनीले पशुपति नाथको दर्शनका लागि आएका भक्तजनहरुलाई खीर, जेरी, चिया तथा पानी वितरण गरेको हो ।

कम्पनीका अनुसार प्रसादका लागि एक हजार केजीको खिर पकाएर भक्तजनहरुलाई वितरण गरिएको थियो । यस्तै ५० हजार जेरी, ३ हजार बोतल पानी र २ हजार भन्दा बढी कप चिया वितरण गरिएको थियो ।

‘हामीले विहान ९ बजे देखि अपरान्ह ४ बजेसम्म स्वयंसेवक र प्रसाद वितरणको काम गरयौँ । सामाजिक उत्तरदायित्वसंगै धार्मिक कार्यमा सहभागी हुने मनसायले यो काम गरिएको हो,’ कम्पनीका अध्यक्ष सुन्दर भुसालले भने ।

महाशिवरात्रीका अवसरमा पशुपति क्षेत्रमा हिजो देखि नै भीड बढेको छ । आज विहानै देखि लाखौँको संख्यामा दर्शनका लागि भक्तजनहरु पशुपति क्षेत्रमा पुगि रहेका छन् ।

भक्तजनको सुविधाका लागि विहानै देखि त्यस क्षेत्रमा पशुपति क्षेत्र विकास कोषसंगै निजी तथा सामुदायिक संघ संस्थाहरुले स्टल राखेर स्वयंसेवी गतिविधि, निशुल्क स्वास्थ्य उपचार, भोजन तथा प्रसाद वितरणको कार्य गरिरहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *