स्वास्थ्यमा डेण्टिष्ट्री समूहबाट बन्दना खनाल एघारौँ तहमा बढुवा
काठमाडौँ, १३ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त स्वास्थ्य सेवा डेण्टिष्ट्री समूहबाट प्रमुख कन्सलटेन्ट डेन्टल सर्जन पद (एघारौँ तह)मा बन्दना खनाल आचार्य बढुवा भएकी छन् ।
लोक सेवा आयोगले गत आइतबार लिएको अन्तर्वार्ता र त्यसअघिको लिखित परीक्षामा आएको अंकको आधारमा उनलाई एघारौँ तहमा बढुवा गरेको जनाएको छ ।
आयोगले रिक्त एक पदका लागि अन्तर्वार्तामा समेत एक जना (खनाल) मात्रै उपस्थित भएको जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]