स्वास्थ्य सचिव डा. पोखरेल र अतिरिक्त सचिव डा. सिंह स्वास्थ्यबाट विदाई हुँदै

काठमाडौँ, ११ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल र अतिरिक्त सचिव डा. दीपेन्द्र रमण सिंह सोमबार (भोली) देखि अवकाशमा जाने भएका छन् । विशिष्ठ श्रेणीको पाँच वर्षे कार्यकाल पुरा गरि भोलि देखि अवकाश हुन लागेका हुन् ।

पाँच वर्ष अघि अर्थात १२ फागुन २०७६ का दिन बसेको मन्त्रिपरिषद् बैठकले डा पोखरेल, डा सिंह र महेन्द्रप्रसाद श्रेष्ठलाई १२ औँ तह त्यसबेला प्रमख विशेषज्ञ पदमा बढुवा गर्ने निर्णय गरेको थियो । उमेर हदका कारण श्रेष्ठ भने १७ साउन २०७८ मै अबकास पाएका थिए ।

प्रमुख विशेषज्ञ बनेको झण्डै डेढ वर्ष पछि अर्थात ४ साउन २०७८ मा भने डा पोखरेल स्वास्थ्य सचिवमा नियुक्त भएका थिए ।

स्वास्थ्य मन्त्रालयले भोली देखि अवकाशमा जान लागेका दुई जना विशिष्ठ श्रेणीका कर्मचारीहरुलाई आज विदाई कार्यक्रम गर्दैछ ।

‘मन्त्रालयमा आज उहाँहरुको अन्तिम दिन हो, त्यसैले मन्त्रालयबाट आजै विदाई गर्ने कार्यक्रम रहेको छ,’ नीति योजना महशाखा प्रमुख डा कृष्ण पौडेलले भने ।

दुई जना विशिष्ठ श्रेणीका कर्मचारीहरुको विदाई संगै स्वास्थ्य समूहबाट एक जना स्वास्थ्य सचिव बन्ने ढोका खुल्ने छ भने अर्को एक जनालाई अतिरिक्त स्वास्थ्य सचिवमा बढुवा हुने मौका बन्ने छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *