राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कैलालीको अध्यक्ष बने बिक्रमबहादुर बोहोरा

धनगढी, १० फागुन । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कैलालीको चौंथो जिल्ला अधिवेशनले बिक्रमबहादुर बोहोराको अध्यक्षता नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

शनिबार धनगढीमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा विज्ञान भट्ट, महिला उपाध्यक्षमा सृजना चन्द, सचिव अनिल सिंह, उपसचिवमा सागर बम र कोषाध्यक्ष उमेश भट्ट निर्बिरोध निर्वाचित भएका छन् ।

यस्तै अधिवेशनले सदस्यहरुमा अम्बिका कुमारी कार्की, शान्ति लामा, गोमा रोक्का, कर्ण बहादुर बिष्ट, भुवन शाह, बल बहादुर कठारीया, केशब मास्के, तर्कराज खतिवडा, ईन्द्र चौधरी,लक्ष्मी पौडेल, पुष्पराज खतिवडा र खेम विकलाई निर्बिरोध निर्वाचित गरेको थियो ।

अधिवेशनको उद्घाटन गर्न प्रमुख अतिथि बनेर पुगेका राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय उपमहासचिव हिमालय तिवारीले स्वास्थ्यकर्मीहरुको समस्या र महासंघले गरेका कार्यहरुबारे जानकारी दिदैं जिल्ला समितिहरुले पनि सशक्त ढंगले स्वास्थ्यकर्मीहरुको पक्षमा काम गर्नु पर्ने बताए ।

कार्यक्रममा विशिष्ठ अतिथि एमाले कैलाली अध्यक्ष यज्ञ ढुङ्गाना, एमाले प्रदेश कमिटी सदस्य कर्ण कुँवर, सिद्ध ढुङ्गाना लगायतले सम्मेलन सफलताको शुभकामना दिएका थिए । कार्यक्रम निवर्तमान अध्यक्ष जयकला रावलको अध्यक्षतामा भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *